निर्मलाकि आमाले राहत बुझे म आत्महत्या गर्छुः यज्ञराज



हाम्रो इकोनोमि

 

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्त श्रीमान् यज्ञराजबाटै कुटिएकी छिन् ।

डिएनए परीक्षणका लागि प्रहरीलाई रगत दिएको र सरकारी राहत लिन खोजेको भन्दै श्रीमान्ले कुटेको दुर्गाले बताइन् ।

नयाँ पत्रिका दैनिकले समाचार छपोको छ ।

‘म भान्सामा भात पकाइरहेकी थिएँ ।

उनी (यज्ञराज) एक्कासि आएर मेरो घाँटी च्यापे ।

नसोधी रगत दिने ?

राहत बुझ्न खोज्ने भन्दै कुटपिट गरे,’ दुर्गाले भनिन्, ‘घटना हुँदा दुवै छोरी स्कुल गएका थिए ।

भान्सामै लछारपछार गरेपछि म ज्यान जोगाउन उम्किएर बाहिर निस्किएँ ।’

निर्मलाको शवबाट निकालिएको भनिएको नमुना उनकै हो कि होइन यकिन गर्न दुर्गाले प्रहरीमा आफैँ निवेदन दिएकी थिइन् ।

बाबु–आमाको रगत परीक्षण गरेपछि नमुना निर्मलाको हो कि होइन भनेर प्रस्ट हुनेछ ।

सुरुमा प्रहरीले यज्ञराजसँग रगतको नमुना मागे पनि अस्वीकार गरेका थिए ।

दुर्गाले रगत दिएपछि उनी असन्तुष्ट बनेका थिए ।

यज्ञराजले अरूको इसारामा चलेको भन्दै कपाल भुत्ल्याउँदै आक्रमण गरेको दुर्गाले बताइन् ।

श्रीमान्ले खोसेको मोबाइल पछि प्रहरीले दुर्गालाई बुझाइदिएको थियो ।

निर्मलाका बुबा यज्ञराज र सौतेनी आमा लक्ष्मीले घरमा सल्लाह नै नगरी दुर्गाले अरूको उक्साहटमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् ।

राहत बुझे न्याय कमजोर हुने उनीहरूको तर्क छ ।

दुर्गाले भने न्याय पर्खिँदा–पर्खिँदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले उनीहरूको भविष्यका लागि राहत बुझ्न लागेको बताएकी छिन् ।

तीन तहका सरकारबाट जम्मा १८ लाख राहत घोषणा भएपछि यज्ञराजले आफ्नो पनि ऋण तिर्नुपर्ने तर्क अघि सारेका छन् ।

यही विषयले दुर्गा र यज्ञराज–लक्ष्मीबीच विवाद बढेको स्थानीय बताउँछन् ।

निर्मलाकी आमा दुर्गा दुई छोरी लिएर भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बस्छिन् ।

बुबा यज्ञराज भने कान्छी श्रीमतीसँग बेग्लै बस्छन् ।

राहत बुझे घरमै आत्महत्या गर्छु : यज्ञराज

दुर्गाले राहत बुझे घरमै आएर आत्महत्या गर्ने धम्की यज्ञराजले दिएका छन् ।

‘मैले सुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिएँ,’ यज्ञराजले भने, ‘अहिले अरूको उस्काहटमा लागेर राहत बुझ्ने, रगत दिने ?

राहत बुझे यही घरमा आएर आत्महत्या गर्दिन्छु ।’

उनले दुर्गालाई कुटपिट नगरेको पनि बताए ।

श्रीमान् र सौताबाट मैले जिन्दगीभर पीडा खेप्नुपर्ने ? : दुर्गा

दुर्गाले भने आफूले जिन्दगीभर श्रीमान् र सौताबाट पीडा खेप्नुपरेको दुःखेसो पोखेकी छिन् ।

उनले भनिन्, ‘मैले दुई छोरीको भविष्य सोच्नुपर्दैन ?

एउटी छोरीको न्यायका लागि लड्दालड्दै दुई छोरीको भविष्यको चिन्ताले मलाई सताउँछ ।

उनी (यज्ञ)बाट सहयोग होइन, पीडा मात्रै पाउँदै आएकी छु ।

मैले जिन्दगीभर श्रीमान् र सौताबाट पीडा खेप्नुपर्ने ?’

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...