ह्वात्तै घट्यो आईफोनको मूल्य



हाम्रो इकोनोमि

 

एप्पलले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आईफोनको मूल्य ११८ डलर सम्मले घटाएको छ ।

चीनमा देखिएको आईफोनको कमजोर प्रदर्शनका कारण अमेरिकी प्रविधि कम्पनीले आफ्नो आम्दानी प्रक्षेपण घटाएपछिको अवस्थामा मूल्य कटौती गरिएको हो ।

चीनमा प्रमुख इ-कमर्श प्लेटफर्म जेडीले एप्पलबाट आईफोन-८ र आईफोन-८ प्लसको मूल्य ३ हजार ९ सय ९९ युआन र ४ हजार ७ सय ९९ युआनमा झारिने सूचना पाएको जनाएको छ ।

आईफोनको यो मूल्य शुक्रबारदेखि नै लागू भएको छ ।

यसलाई छोटो अवधिको प्रवर्द्धनका रुपमा हेर्न नहुने जेडीले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

जसले १३ बर्ष सम्म दिसा नै गरेनन्, अन्ततः भयो यस्तो हालत

 

कहिल्यै तपाईले कोही मान्छेले बर्षौ सम्म दिसा नगरेको समाचार सुन्न भएको छ ?

यो त कुरै छाडौँ, सकभर महिना दिन सम्म दिसा नगरेको भन्ने पनि सुन्नु भएको छैन् होला ।

अनि त्यत्तिका दिन सम्म दिसा नगर्दा मान्छे बच्न पनि सक्ला र ?

तर एउटा घटना बडो रोचक छ ।

एक अमेरिकाका जना मान्छे १३ बर्ष सम्म दिसा नगरी पनि बाँचे ।

समाचारमा जनाईए अनुसार ती मान्छेलाई गम्भीर किसिमको कब्जियत भएको थियो ।

अहिले ती मानिसको आन्द्रा अमेरिकाको फिलाडेल्फियास्थित मुटर संग्रहालयमा राखिएको छ ।

जब उनलाई Hirschsprung’s Disease नामको रोग लाग्यो, तब उनको आन्द्रामा गम्भीर खालको रोकावट आयो ।

त्यसपछि उनले दिसा गर्न सकेनन् ।

जसले गर्दा पछिल्लो १३ बर्ष सम्म दिसा नगरेका ती व्यक्तिको २९ वर्षको उमेरमा कब्जियतकै कारण उनको मृत्यु भयो ।

समाचारमा उल्लेख भए अनुसार त्यसबेला उनको ठूलो आन्द्रा २५ फिट लामो र ८ फिटको गोलाइको बनेको थियो ।

उनको आन्द्राबाट यतिधेरै दिसा निकालियो की दिसाको तौल नै १८ किलो थियो र तिनवटा बाल्टिन भरिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...