दुर्लभ रुपमा पाइने रुद्राक्षमा शेष नाग र शिब लिङ्ग भाग्यमानिले मात्र देख्ने,



हाम्रो इकोनोमि

 

यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ ।

अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ ।

चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् ।

जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।

यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

नेपालमै आणिविक भट्टी चलाउन सकिने ! उपल्लो मुस्ताङको युरेनियम उत्कृष्ट रहेको ठहर

सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी नै चलाउन सक्ने गरी लाइसेन्स वितरण गर्ने भएको छ । यसमा निजी र बाह्य क्षेत्रको लगानी ल्याउने गरी सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थलाई सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्न व्यवस्था गर्न विधेयक संसदमा दर्ता गरेको छ ।

विधेयकमा सरकारले तोकेका शर्त र मापदण्डअनुसार इजाजतपत्र (लाइसेन्स) लिएर पारमाणविक अनुसन्धान भटटी र त्यस सम्बन्धी कृयाकलाप गर्न सकिने प्रस्ताव गरेको छ । यो विधेयक जस्ताको तस्तै पारित भएमा नेपालमा ऊर्जा लगायत शान्तिपूर्ण प्रयोजनमा आणिविक भट्टी सञ्चालन गर्न बाटो खुल्नेछ ।

विधेयकले हतिायर निर्माण जस्ता हिंसात्मक प्रयोजनमा नेपालको युरेनियम प्रयोग गर्न नसक्ने गरी कानुन बनाउन लागेको हो ।

विधेयकमा विदेशी लगानी ल्याएर उत्खनन गरेर विदेश निकासी गर्न सकिने गरी प्रस्ताव गरिएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तयार गरेको विधेयकले नेपालको पारमाणविक पदार्थको खोज, उत्खनन् र प्रयोग र निकासीको बाटो खुल्ने गरी व्यवस्थाहरु गरिएका छन् ।

यो विधेयकमा आणविक पदार्थको अनाधिकृत प्रयोग रोक्न विभिन्न व्यवस्थाहरु प्रस्ताव गरिएका छन् आणविक पदार्थको उपयोग, ढुवानी र निकासीलाई व्यवस्थित गर्ने गरी विभिन्न प्रावधान राखिएका छन् ।

अहिलेसम्म नेपालमा परमाणविक पदार्थ र प्रविधिको सुरक्षा र नियमन गर्ने कुनै विशेष कानुन बनेको छैन । यो ऐन संसदले पारित गरेपछि नेपालमा रहेको अनुमान गरिएका युरेनियम खानीहरुको उत्खनन् गर्न ढोका खुल्नेछ ।

विधेयकमा पारमाणविक पदार्थको नियमनका लागि नियमनकारी निकाय गठन गर्ने र त्यसैमार्फत आणविक कार्यक्रमका सबै पक्षलाई कानुनको अधीनमा राख्ने योजना सरकारको छ । यो नियमनकारी निकायले इजाजतपत्र वितरण गर्ने, आणविक पदार्थको दुरुपयोग हुन नदिने, रेडियोधर्मी पदार्थको विकीरणरणबाट जनस्वास्थ्यमा बचाउनुपर्ने गरी विभिन्न काम कर्तब्य र अधिकारहरु तोकिएका छन् । यो निकायले रेडियोधर्मी स्रोतको सबै अभिलेख राखेर यस्ता सामग्रीको निकासी पैठारीमा मापदण्ड पनि बनाउनुपर्ने छ ।

ऐन आएपछि नेपालले परमाणविक पदार्थको संरक्षण र उपयोगका लागि निजी वा बाह्य लगानी आकषिर्त गर्ने छ । अब देशका विभिन्न भागमा रहेका युरेनियम खानीमा हुने अनुसन्धान पनि कानुनको दायरामा आउनेछ ।

अहिले विभिन्न युरेनियम खानीहरुमा अनुसन्धानका नाममा स्थानीय क्षेत्रबाट अनाधिकृत रुपमा माटो खनेर लैजाने काम भइरहेको छ ।

ऐनको अभावले यस्ता खानीहरुको विस्तृत अध्ययनसहित उत्खनन् पनि हुन पाएको छैन । हाल उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा नेपाली सेनाले युरेनियम खानी भएको क्षेत्रमा सुरक्षा दिइरहेको छ ।

२०७०/७१ मा गरिएको प्रारम्भिक अन्वेषणबाट त्यहाँ युरेनियमको खानी रहेको रहेको पत्ता लागेको थियो । लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रबाट व्यवसायिक रुपमा युरेनियम उत्खनन्को समभावना रहेको अध्ययनले देखाएको थियो ।

यहाँ युरेनियमको परिमाण धेरै रहेको र गुणस्तर पनि उत्कृष्ट रहेको ठहर प्रारम्भिक अध्ययनले गरेको छ ।

युरेनियमलाई कच्चापदार्थका रुपमा इन्धन र परमाणु हतियार निर्माणमा उपयोग गरिन्छ । तर, नेपालले यहाँबाट उत्पदान हुने युेनियमको उपयोग शान्तिपूणर् काममा हुनुपर्ने गरी कानुन प्रस्ताव गरेको छ ।

पारमाणविक पदार्थसम्बद्ध कानुन आएमा ४ वर्षभित्र उत्खननको सम्भावना रहेको विज्ञले बताउने गरेका छन् । नेपालमा मुस्ताङसहित मकवानपुर, बैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी रहेको भूगर्भ विभाग बताउँछ ।

नेपालमा ६ वर्षअघि देखि नै पारमाणविक ऐन ल्याउन गृहकार्य भइरहेको थियो ।

यो ऐन आएपछि बन्ने नियामक निकायले नै देशभित्रका युरेनियम खानीहरुको संरक्षणको योजना बनाउनेछ । यही नियामक निकायले युरेनियमको संरक्षण, उत्खनन्, भण्डारण, उपयोग र निर्यातको योजना बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...