पाकिस्तानकी जासुस युवतीले एकै पटक ४५ भारतीय सेनालाई माया जालमा पारेपछि…



हाम्रो इकोनोमि

 

पाकिस्तानको जासुसी एजेन्सी आइएसआइकी महिला एजेन्टले एकै पटक ४५ भारतीय सेनाका जवानलाई माया जालमा पारेर सेनाका भित्री र गोप्य जानकारी हासिल गरेको खुलेको छ ।

 

जैसलमेर मिलिट्री स्टेशनका ट्यांक युनिटका सिपाही सोमवीर सिंहले कैयौं आश्चर्यजनक रहस्य खोलेका हुन् । ‘हनीट्रयाप’ मा फसाउने ती पाकिस्तानी जासुस महिलाले ४५ भन्दा बढी भारतीय सेनाका जवानलाई फसाएको खुलासा भएको छ । सोमवीर पक्राउ परेपछि अनुसन्धानको क्रममा यो रहस्य खुलेको हो । अब ती सबै जवान अनुसन्धानको दायरामा आएका छन् ।

 

आइएसआइकी महिला एजेन्टले अनिका चोपडा नामबाट फेक फेसबुक आइडी बनाएर ती सैनिक जवानसँग नजिकिन शुरु गरेकी थिइन् । अनुसन्धानमा खुले अनुसार उनले सबैभन्दा पहिले २०१६ मा सोमवीरलाई मायाजालमा पारेकी थिइन् ।

 

त्यसपछि फेसबुकमा सोमवीरको फ्रेन्ड लिस्टमा भएका साथीहरुलाई रिक्वेस्ट पठाउन सुरु गरिन् । त्यसपछि उनी सेनाका अन्य जवानहरुसँग पनि नजिकिन थालिन् । उनले आफूलाई भारतीय सेनाकै मिलिट्री नर्सिङ सर्भिसकी क्याप्टेन भएको बताएकी थिइन् ।

 

जयपुर इन्टेलिजेन्स एडिजी उमेश मिश्राका अनुसार विगत केही समयदेखि सामाजिक संजालमा शंकास्पद गतिविधि गरिरहेको देखिएपछि सोमवीरलाई २०१९ को सुरुवातमै सेनाकै हिरासतमा लिइएको थियो ।

 

 

पछि अनुसन्धान हुँदै जाँदा उनीविरुद्ध सबुत भेटिएपछि शुक्रबार गिरफ्तार गरी प्रहरी नियन्त्रणमा राखिएको छ । जयपुरमा उनीसँग सोधपुछ भइरहेको छ । उनलाई १८ जनवरीसम्म पुलिस रिमाण्डमा राखिनेछ । सोमवीरले भारतीय सेनाको ट्यांक ‘अर्जुन’ को प्रयोग गरी गरिएको युद्ध अभ्यासको भिडियो सामाजिक संजालमार्फत पाकिस्तान पठाएको पाइएको छ ।

 

 

अनिकाले २०१६ मा फेसबुकमार्फत सोमवीरसँग मित्रता गरेकी थिइन् । सुरुमा उनी म्यासेन्जरमा कुरा गर्थिन् । पछि जम्मुको मोवाइल नम्बरबाट लगातार भिडियो र भ्वाइस कल गर्थिन् । उनले जुन नम्बरबाट कल गर्थिन् त्यसको आइपी एड्रेस कराँचीको पाइएको छ । सोमवीर पक्राउ परेपछि उनले फेसबुकमा फ्रेण्ड लिस्ट ब्लक गरेकी छिन् र निजी जानकारी पनि लुकाएकी छिन् ।

 

 

ती महिला एजेन्टले सोमवीरका अलावा सेनाका अन्य ४५ भन्दा बढी जवानलाई फसाएकी थिइन् । ती जवानहरुबाट सूचना निकाल्नका लागि भिडियो कलका क्रममा उनीहरुलाई अश्लील डान्स गरेर देखाउँथिन् । सोमवीरको मोवाइलबाट उनका नग्न फोटो भेटिएका छन् । उनी जवानहरुलाई आफू मिलिट्री नर्सिङ सर्भिस भएको बताउँदै बिहे गर्ने आश्वासन पनि दिन्थिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...