अनुहार गोरो र चम्किलो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यो घरेलु उपाय



 

सुन्दरतालाई विशेष गरि अनुहारसँग जोडेर हेर्ने गरिन्छ । सुन्दर अनुहारले सबैलाई आकर्षित गर्छ ।

वास्तवमा सुन्दरता अनुहारको रंगमा भन्दा व्यक्तिको सोंचमा लुकेको हुन्छ ।

तर सुन्दरतालाई अनुहारसंग जोडेर हेरिने प्रचलनले गर्दा धेरै व्यक्तिहरु आफ्नो अनुहारको रंगलाई लिएर चिन्तित हुन्छ।

साधारणतया धेरै व्यक्तिलाई आफ्नो अनुहार गोरो होस् भन्ने चाहना हुन्छ । गोरो अनुहारका लागि मानिसहरु विभिन्न क्रिम र औषधि प्रयोग गर्ने गर्छन् ।

महँगो पैसा तिर्न सक्नेले प्लास्टिक सर्जरी समेत गर्ने गर्छन् ।

क्रिम र औषधिले अनुहार गोरो बनाउन चाहनेलाई केही समय सन्तुष्टि दिएपनि दिर्घकालिन समाधान दिंदैन ।

यसले छालामा नराम्रो असर पर्ने सम्भावना पनि हुन्छ ।

त्यस्तै, प्लास्टिक सर्जरी महँगो त हुन्छ न, यसको साथै यो शरीरको स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिंदैन।

यी सबै समस्याबाट टाढा रहेर अनुहारलाई गोरो बनाउनको लागि घरेलु विधि अपनाउन सकिन्छ ।

यसको लागि गुलाबजल र कागतीको रसलाई प्रयोग गर्न सकिन्छ । एउटा कचौरामा केही गुलाबजल र केही कागतीको रस मिलाउनुपर्छ ।

त्यसपछि यो मिक्स अनुहारमा लगाएर केही छिन मसाज गर्नुपर्छ । कम्तीमा बीस मिनेट मसाज गर्दा राम्रो नतिजा पाउन सकिन्छ ।

बीस मिनेटसम्म मसाज गरिसकेपछि सफा पानीले अनुहार धुनुपर्छ।

अनुहारमा जमेको फोहोर, मृत कोषिकाले अनुहारलाई थप कालो र चमकहीन बनाइरहेको हुन्छ ।

कागतीको रस र गुलाबजलको मिश्रणले अनुहारमा भएको फोहोर निकाल्छ । यसले मृत कोषिकाहरु निकाल्छ, अनुहार सफा गर्छ ।

त्यसैले कागतीको रस र गुलाब जलको मिश्रणले नियमित रुपमा मसाज गर्नाले अनुहार गोरो, दाग धब्बा रहित हुनुका साथै अनुहारको चमक समेत बढ्छ ।

यसले व्यक्ति आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन समेत मद्दत गर्छ।

१२ संक्रान्ति मध्ये सबैभन्दा शुभ माघे संक्रान्तिमा गर्नुहोस यी ५ कार्य, हुनेछ यस्तो फाइदा!

यस वर्ष माघे संक्रान्ति (घ्यु, चाकु, तरुल खाने दिन) १५ जनवरीमा परेको छ । वास्तवमा सुर्य जब धनु राशीबाट निस्किएर मकर राशिमा प्रवेश गर्दछ तब माघे संक्रान्ति मान्ने गरिन्छ । १२ संक्रान्ति मध्ये यो माघे संक्रान्ति सबैभन्दा शुभ संक्रान्ति मान्ने गरिन्छ । माघे संक्रान्तिमा सुर्य दक्षिणायनबाट उत्तरायण हुने गर्छ । जसबाट सबै प्रकारको शुभ र मांगलिक कार्य फेरि देखी सुरु हुन्छ । यस पटक मकर संक्रान्तिमा अमृत सिद्दि , सवार्थ सिद्दि र रवि योग पनि रहनेछ।

ज्योतिषमा यी तिन योगलाई निकै शुभ मान्ने गरिन्छ। मकर संक्रान्तिको यस प्रकारको शुभ योगमा पूजा-पाठ, स्नान र दान गर्दा शुभ फलको प्राप्ति हुने गर्छ।

माघे संक्रान्तिमा जसरी पनि गर्नुहोस यी ५ कार्य

१. माघे संक्रान्तिमा अरु दिन जस्तै बिहान चाढै उठेर आफ्नो नजिकैको पवित्र नदीमा गई नुहाउनुहोस् । यदी यो सम्भव छैन भने घरमै पानीमा थोरै गंगाजल राखेर स्नान गर्नुहोस् ।

२. स्नान गरिसकेपछि तामाको भाडामा जल, चामल र रातो फुल राखी सूर्य देवतालाई समर्पित गर्नुहोस । जल चढाउने समयमा सुर्यको मन्त्र जप गर्नुहोस ।

३. माघे संक्रान्तिमा दान दिने परम्परा छ । त्यसैले यस दिन मन्दिर गएर गुड र कालो तिल दान गर्नुहोस । यसरी दान गर्दा सूर्य र शनि देव प्रशन्न हुने मान्यता रहेको छ ।

४. सुर्यलाई जल चढाईसकेपछि मन्दिरमा शिवलिङ्गमा कालो तिलको साथ जल अर्पित गर्नुहोस ।

५. माघे संक्रान्तिमा तिल र गुडबाट बनेको चिज खानुहोस ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु