रुपन्देहीमा गोली चल्यो, एक भारतीयको मृत्यु



हाम्रो इकोनोमि

 

रुपन्देहीमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । प्रहरीले हानेको गोलीबाट शंकरपुरमा एक ब्यक्तिको मृत्यु भएको छ भने एक प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा तस्कर समूहका एक सदस्य रहेको प्रहरीले दावी गरेको छ ।

 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले राति गस्ती गरिरहेको थियो । त्यही बेला भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली प्रहरीमाथी पहिले गोली चलाएका थिए । प्रहरीलाई गोली हानि भागिरहेका बेला प्रहरीले जवाफी कारवाही गरेको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताए । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् भने तस्कर समुहका एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेको पहिचान भने खुलेको छैन । उनी जवान रहेको तर घर ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेपछि उनी घाइते भएका थिए । उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ । घटना राति करिब १२ बजे तिरको हो । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...