पृथ्वीनारायण शाहलाई थुक्न आउनु भन्दै आङकाजी शेर्पाको आह्वान



हाम्रो इकोनोमि

 

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन्। राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ।

उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ।तर आदिवासी जनजाति हरुले भने कीर्तिपुरमा राजा पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेका छ ।

 

खासगरी जनजाती सम्बन्ध समूह भने पृथ्वीनारायण शाहलाई सामन्तवादी र क्रुर शासक भन्दै विरोधमा उत्रिने गरेको छ । हरेक बर्ष झैँ यसपाली पनि उनीहरुले पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेका छ ।

चर्का जातीय नारा उचाल्दै आउने मध्ये एक हुन – आङकाजी शेर्पा । प्राय हिन्दु धर्मावलम्बी तथा क्षेत्री ब्राह्मण समुदाय प्रति विष वमन गर्दै आइरहेका आङकाजी आज सरकारले मनाउने पृथ्वी जयन्ती प्रति पनि आक्रामक नै देखिएका छन् ।

उनले विहानै फेसबुकमा राखेको स्टाटस पृथ्वी जयन्ती मनाइरहेकालाई आक्रोसित बनाउने किशिमको रहेको छ । उनले फेसबुकबाट पृथ्वीनारायण शाहको निन्दा गर्दै काठमाडौँको कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई थुक्ने कार्यत्रममा सहभागी हुन् पनि अनुरोध गरेको छ ।

उनले कीर्तिपुर नगाउँ जाने दाेबाटाे मा दिउसो २ बजे पृथ्वीनारायणलाई थुक्ने भन्दै आफ्नो फेसबुकमा स्टाटस राखेका थिए । उनले यो स्टाटस राखे लगत्तै उनको पक्ष र विपक्षमा कैयौले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...