पृथ्वीनारायणलाई थुक्नेहरुलाई रविको चुनौती: नेपालको निर्माता को हो देखाउ, तिनलाई ढोग्नु पर्यो ? (भिडियोसहित)
राष्ट्रिय एकता दिवस अथवा पृथ्वी नारायण शाहको जन्म जयन्तीको विषयमा प्रत्येक वर्ष विवाद हुन्छ अचेल ।
धेरैले पृथ्वी नारायण शाहलाई यो राष्ट्रका निर्माता मान्छन् तर कोही उनै पृथ्वी नारायाण शाहलाई युद्ध अपराधी पनि मान्छन् ।
कसैको भावनामा ठेस पुर्याउनु हुन्न भनेर बचेर, दही चिउरे कुरा गरेर कित्ता क्लियर नगरेर र्निविवाद बस्ने छुट त छ ।
यो पनि हो, त्यो पनि हो भनेर तर्कहरु तन्काउँदै सोझ्याउँदै राख्दै गरेर दुवै विचारधारीहरु प्रति ब्याल्लेन्स अभिव्यक्ति दिन पनि सकिन्छ ।
तर यो नेपाल देश कसरी बन्यो, हामी नेपाली कसरी बन्यौ भनेर सोध्दा चित्त बुझ्दो जवाफ प्राप्त हुन्छ र त्यही जवाफ सर्वमान्य हुन्छ भने हो ।
नत्र बर्तमानको सुविधा लिएर इतिहासको व्याख्या आआफ्नो सुविधा अनुसार गर्न सुहाउँदैन ।
कुनै राजनीतिज्ञका हिसाबले र आम सर्वसाधारणका हिसाबले मतहरु फरक हुन सक्लान् ।
तर राज्यले, सरकारले एउटै धारणा बनाउन सक्नु पर्छ । र एक पटक धारण बनाइसके पछि घरी घरी कन्फ्युज हुन कदापी पाइदैनन् ।
एक आम सर्वसाधारणका रुपमा आँफूले पढेको, सुनेको, बुझेको बुझाइएको इतिहासका आधारमा पृथ्वी नारायण शाहलाई युद्ध अपराधी भन्ने कि राष्ट्र निर्माता भन्ने, त्यो छुट तपाईलाई र मलाई छ ।
तर राज्यलाई छैन । सरकार फेरिने वित्तिकै इतिहास फेरिनु जरुरी छैन ।
एउटा प्रधानमन्त्री हुँदा पृथ्वी नारायण शाह राष्ट्र निर्माता हुने र छुट्टी दिइने, अर्को प्रधानमन्त्री हुँदा त्यही छुट्टी काटीने जस्ता धरमरे काम राज्यले गर्न सक्दैन । जनता, राजनीतिकर्मी कन्फ्युज हुन सक्छन् तर राज्य र सरकार कन्फ्युज हुन पाउँदैन । कुरा एक दिन छुट्टीको होइन ।
कुरा पृथ्वी नारायण शाहको हो । ज्ञानेन्द्र शाह मन नपराउनेले पृथ्वी नारायण शाहलाई मन नपारए जस्तो पनि हुन हुँदैन र पृथ्वी नारायण शाह मन परेकाले ज्ञानेन्द्र शाह पनि मन पराए जस्तो पनि हुनु हुँदैन ।
इतिहास इतिहास हो । कसैलाई रुचेन भन्दैमा इतिहास बदलिदैन । तर आश्चर्यको कुरा एउटै देशमा नेपाली सेनाले चाही पृथ्वी नारायण शाहलाई मान्ने ।
उनको तस्वीर हरेक व्यारेकमा राख्ने तर अन्त कतै चाँही नराख्ने ? सेनाले किन राखेको अनि अरुले किन नराखेको र यो देशले पृथ्वी नारायण शाहप्रति गौरव गर्दैन भने सेनाले मात्र गौरव गर्नु किन पाएको ?
यो कन्ट्राडिक्सन किन ? नेपाल एकिकरण गर्ने मानिस राष्ट्र निर्माता नै हो । एकिकरण पृथ्वी नारायाण शाहले गरेका होइनन् भने जसले गरेका हुन तिनै हुन हाम्रा राष्ट्र निर्माता ।
हरेक देशमा राष्ट्र निर्माताको सम्मान हुन्छ, गर्व गरीन्छ । हाम्रो देशमा पछिल्ला बर्षहरुमा गर्व गर्नु पर्ने बिषय विवाद बन्न पुग्यो ।
एकीकरणका क्रममा भएका चरम ज्यादतीहरुको भत्र्सना गर्नै पर्छ । संसारका कुन युद्ध क्रुर छैन्न । आखिर हेर्ने त उपलब्धी नै हो नी ।
आज सिंगो नेपालमा गर्व गर्न पाएका छाँै त्यो हिजोको युद्धको उपलब्धी हो । एक भैसकेको नेपालका हरेक जातजाती, धर्म समुदाय भाषा भेषको अपनत्व हुने संबिधान आज हामीले बनाई छोड्यौं नी ।
सवको हक अधिकार सुनिश्चित गर्न र सम्बोधन गर्न आज सबै मन खोलेर तयार हुनुपर्छ ।
हिजो पृथ्वी नारायाणले युद्ध गर्दाका घाउमा आज उपचार र मलहम लगाउने उपाय नै सबैको पहिचान सहितको संघियताको पूर्ण कार्यान्वयन हो ।
कसैले बदला लिन चाहेर पनि फेरी पृथ्वी नारायाण शाहलाई पुन जन्माएर नेपाल ल्याउन सकिदैन ।
ससस्त्र माओवादी जन आन्दोलनले पनि त नरसंहार नै ग¥यो नि । तत्कालीन लडाकुहरु मरे, घाइते भए, वेपत्ता भए ।
प्रहरी सेनाहरु मरे घाइते भए, वेपत्ता भए । त्यसलाई विर्सन भनेकै प्राप्त उपलब्धी रक्षा गर्दै जनताका अनुहारमा देखिने गरी खुसी ल्याउने हो ।
अर्को कुनै विकल्प नै छैन । कोटी होम लगाएर, सत्यनारायाणको पुजा चलाएर यज्ञ लगाएर संसारको कुन देशमा परिर्वतनमा आएको छ र ।
सयौँ बर्ष अघिको घाउ दुख्दैन म भन्दिन, दुख्छ, युगांै युगसम्म दुख्छ तर दुख्छ भन्दैमा नेपाल एकीकरण गर्ने पृथ्वी नारायाण शाहलाई सयाँै बर्षपछि पनि कसैले थुक्छ ?
आज पृथ्वी नारायण शाहको तस्वीरमा थुकियो भने भोलिका पुस्ताले कस्को तस्वीरमा माला लगाउलान् ?
नमान्न पाइन्छ तर थुक्ने परम्परालाई बन्द गरौं । लौठी छ यो नेपाल पृथ्वी नारायण शाहले एकीकरण गरेका होइनन् रे ।
राज्य विस्तार मात्र गरेका हुन रे । त्यसो भए हे इतिहासका परमज्ञाता ज्युहरु, अरु देशका जस्तै मलाई पनि मेरो देशका निर्माता चिन्नु पर्यो, तिनलाई ढोग्नु पर्यो ?
को हुन् त ती सपुत जसले यो देशलाई नेपाल भनेर बनाए र तपाई हामीलाई नेपाली भनेर चिनाए ।
ती राष्ट्र निर्माता पृथ्वी नारायण शाह होइनन् भने नेपाली सेनाले मात्रै किन राख्यो आफ्नो भित्तामा फोटो ।
सरकार कि त सेनालाई कारवाही गर कि यो नबुझ्ने म जस्तलाई कारवाही गर । आदरणिय विजय कुमारका शब्दहरु सापटी लिए पुथ्वी नारायण शाहालाई राजावादीेले निजी सम्पत्ती नठानुन् ।
गणतन्त्र बादीले उन्लाई दिनु पर्ने, उनको हक लाग्ने सम्मानमा कन्जुस्याई नगरुन । राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राखौं ।