सांसद उषाकलाले कपाल मुण्डन गरिन्, श्रीमानले भने- तपाईं महान हुनुहुन्छ



हाम्रो इकोनोमि

 

प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको काजकिरिया गरेकी छन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा लक्ष्मीको निधन भएको हो । आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् ।

उषा केस मुण्डन गरेर किरियापुत्री बसेकी छन् । उषाका दाजुभाइ छैनन् । आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भनेका थिए तर, राईले आफैं किरियापुत्री बस्ने निर्णय लिएकी हुन् ।

अब ५ दिनसम्म काठमाडौंमा बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । ‘यो उहाँको निर्णय हो, यसमा हाम्रो साथ छ’ सांसद तामाङले अनलाइनखबरसँग भने ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको उच्च सम्मान गर्दै सांसद तामाङले फेसबुकमा यस्तो लेखेका छन्-

‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आˆनो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...