विजनेस प्रोमोट गर्न तीन दिने तालिम सम्पन्न



हाम्रो इकोनोमि

 

काठमाडौं । उद्यमी महिलाहरुलाई प्रोत्साहन स्वरुप महिला उद्यमी महासंघ (एफविन) ले तिन दिने तालिम सम्पन्न गरेको छ । सोमबारबाट राजधानीमा सुरु गरेको कार्यक्रममा विभिन्न उद्यमी क्षेत्रमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रेहेको थियो । पचास जनाभन्दा बढी सहभागिता रहेको तालिम बुधबार सम्पन्न भएको छ ।

 

उद्यमीहरुलाई सामाजिक सञ्जालबाट कसरी आफ्नो विजनेसलाई प्रोमोट गर्ने भन्नेमा आधारित रहेर तालिमको आयोजना गरिएको महिला उद्यमी महासंघकी कार्यक्रम व्यवस्थापक कोपिला डंगोलले बताइन् । त्यस्तै तालिम कार्यक्रममा बुटिक, ज्वेलरी, विज्ञापन एजेन्सी लगायतका क्षेत्रमा आवद्ध रहेका महिला उद्यमीहरुले यस तालिमले आफूहरुलाई बजारमा कसरी आफू अगाडि आउने भन्नेमा जानकारी भएको जनाएका थिए ।

 

त्यस्तै संघकी अध्यक्ष सारदा रिजालले आफू पनि सहभागी भएको तालिमले आफ्नो विजनेसलाई कसरी बजारमा लैजाने भन्ने कुरालाई राम्रोसँग बुझेको जानकारी दिइन् । उनले भिजिटिङ कार्ड, ब्रोसरलाई कसरी सामाजिक सञ्जालमा राख्ने र बजार विस्तार गर्ने कुरा सिक्दा आफू लगायत सबैलाई सहज भएको बताइन् । त्यस्तै तालिम प्रशिक्षक पाकिस्तानका नाभिद नुरले सामाजिक सञ्जालबाट बजार विस्तार गर्ने कुरा सिक्दा सिक्दै विस्तारै आफै जानिने बताए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...