अष्ट्रेलिया पठाइदिन्छु भनी डेढ करोड ठगी गर्ने गणेश ढकाल पक्राउ



हाम्रो इकोनोमि

 

अष्ट्रेलिया  पठाइदिन्छु भनी १ करोड ५० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले गणेश ढकाल भनिने एक युवकलाई पक्राउ गरेकोछ । मंगलबार पक्राउ परेका पाल्पा रिब्दीकोट गाउँपालिका ३ का निश्चल भन्ने  ढकालले २५/३० जना मानिसलाई अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

उनले पुतलीसडकमा गेट्स (GETS) नामक कन्सल्टेन्सी खोलेर भक्तपुर सूर्यविनायक बस्ने आभास खनाललाई क्यानडा पठाइदिन्छु भनेर ७ लाख रुपैयाँ दिएका थिए । तर उनले क्यानडा नपठाई बाउन्स चेक दिई कन्सल्टेन्सीसमेत बन्द गरेर फरार भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।

 

काँग्रेस नेता गोविन्दराज जोशीको पार्टी सदस्यता ५ वर्षसम्मका लागि खारेज

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेद्वार बनेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पार्टी सदस्यता खारेज गरिएकाे छ ।

 

नेपाली काँग्रेसले तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेकाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९ (११) ख तथा नेपाली काँग्रेसकाे नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि उनीहरुको पार्टी सदस्यता खारेज गरिएको हो ।

 

नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा पुष १९ मा पठाएको पत्र बमोजिम कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी पत्रमा पार्टीका आधिकारिक उम्मेद्वार विरुद्ध विद्रोही उम्मेद्वार बनेका र त्यसका प्रस्तावक तथा समर्थकको पार्टी सदस्यता ५वर्षका लागि खारेज गरिएको उल्लेख गरिएको छ ।

 

२०५१ सालमा तनहूँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता पौडेलविरुद्ध जोशीले विद्रोही उम्मेद्वारी दिएका थिए । पौडेलले जोशीको उम्मेद्वारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए । पौडेलले दिएको उजुरीका आधारमा निर्वाचन आयोगले जोशीको उम्मेद्वारी रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...