आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमानलाई आफुभन्दा धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र गर्दो रहेछ,,,



हाम्रो इकोनोमि

 

श्रीमानले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।

पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।

अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो ।

प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...