सल्लाघारीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु, १ घाइते



हाम्रो इकोनोमि

 

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सल्लाघारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा ९४ प ७१७४ नं.को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसका चालक २९ वर्षीय सहीद तामाङको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा घाइते तामाङलाई उपचारका लागि ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

मोटरसाइकलमा पछाडि सवार शेरबहादुर तामाङ घाइते भएका छन् । उनको अहिले ईवामुरा अस्पताल सल्लाघारीमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...