सत्ताकाे प्यास मेट्न कांग्रेसले छायाँ सरकार बनाउने, सांसदहरुले राेजेकै मन्त्रालय पाउने



 

सत्ताकाे प्यास मेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएकाे छ । मंगलबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको हाेे । कांग्रेसले दलकाे बैठकमा सांसदहरूलाई मन्त्रालय राेज्न आग्रह गरेकाे छ ।  कांग्रेसले एक सांसदले तीन मन्त्रालयमा आाफ्नाे चाहना राख्न सक्नेछन ।

 

सरकारविरुद्ध आाक्रामक बन्ने तयारीमा रहेकाे कांग्रेसले छायाँ सरकार बनाएर सानासाना विषयमा पनि प्रतिपक्षी भूमिकाका नाममा निहुँ खाेेज्न लागेकाे हाे ।

 

सुरुदेखि नै छायाँ सरकारकाे हल्ला चलेपनि संसदीय दलले कार्यान्वयन सुरु गर्न लागेकाे हाे । संघीय र प्रदेश सरकारमा शून्य उपस्थिति रहेकाे कांग्रेसकाे छायाँ सरकारबाट सत्ताकाे प्यास मेट्ने काम गर्छकी रचनात्मक प्रतिपक्षीकाे भूमिका निर्वाह गर्छ त्याे भने हेर्न बाँकी छ ।

 

आन्तरिक विवादले मरिच झैँ चाउरिएकाे कांग्रेस महासमितिकाे बैठकपछि केही शान्त बनेकाे छ । यद्यपि सभापति देउवासँग हात मिलाएर फाेटाे खिचाउँदैमा पार्टी एक नहुने वरिष्ठ नेता रामचन्द्र पाैडेलले चेतावनी दिएका छन ।

 

गगन र महतोले भने संविधान संशोधन नगरे संसद घेर्छौं

 

आइतबारको संसद बैठकमा बोल्न नपाएपछि प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले भनेका थिए, जबसम्म बोल्न दिइन्न, तबसम्म संसद चल्दैन। प्रतिपक्षी दलका तर्फबाट गगनले दिएको यो अभिव्यक्तिको समर्थन गर्दै राष्ट्रिय जनता पार्टी नेपालले प्रतिपक्षलाई बोल्न नदिनु सत्तापक्ष र सभामुखको गम्भीर गल्ती भएको निष्कर्ष निकालेको छ।

 

उसले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दलले बोल्न पाउने अधिकार खोसेर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको निष्कर्ष निकालेको हो।

 

राजपा अध्यक्ष मण्डलका शीर्ष नेता अनिलकुमार झाले आफ्नो पार्टीको धारणा पत्रकारहरुमाझ राख्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहे पनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको बताए।

 

संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको तथ्य प्रस्तुत गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको स्पष्ट पारे।

 

अब संसद घेर्ने, सरकारको साथ छोड्ने

राजपा नेता झाले आफ्नो पार्टी अब सरकारविरुद्ध चुप लागेर नबस्ने बताए। संसदमा बोल्दा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा कुनै धारण नराखेकोमा असन्तुष्टि जनाउँदै उनले यो विषयमा पार्टीमा गम्भीर छलफल गरेर कडा कदम चालिने बताए।

 

‘हाम्रो पार्टीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, संसद पनि घेर्छाैं’, उनले भने।

आइतवारको संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनमाथि प्रश्न उठाउन नदिएपछि कांग्रेस नेता गगन थापाले सभामुख पार्टीको कार्यकर्ताजस्तो व्यवहार देखाएको टिप्पणी गरेका थिए। उनले प्रधानमन्त्रीको सम्बोधनमा धेरै तथ्यभन्दा बाहिर कुरा आएको र यसले सार्वभौम संसदलाई गुमराहमा राखेको भन्दै सत्य बोल्न खोज्दा समय नदिएको गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस
पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि

     सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

सरकारमा नहुनु माओवादीको छटपटी : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा

सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ

    सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा

४२ स्थानमा मुख्य निर्वाचन अधिकृत तोकिए

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको