सरकारमा नहुनु माओवादीको छटपटी : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आरोपका सम्बन्धमा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौं फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...