चर्चित टेलिभिजन अभिनेत्रीको छतबाट खसेर ज्यान गयो , ६ महिने छोरी भइन टुहुरी



हाम्रो इकोनोमि

 

छतबाट खसेर एक चर्चित टेलिभिजन अभिनेत्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा फिल्मकी चर्चित अभिनेत्री लक्ष्मीप्रिया बेहरा रहेकी छिन् ।

भारतको ओडिया फिल्म क्षेत्रमा निकिता लक्ष्मीप्रिया नामबाट परिचित अभिनेत्रीको एक अस्पतालमा मृत्यु भएको हो।

भारतीय मिडियाका अनुसार उनी शुक्रबार छतबाट खसेकी हुन् ।

छतबाट खसेर गम्भीर घाइते भएकी निकिता लक्ष्मीप्रियाको अस्पताल भर्ना गरिएको थियो।

छतबाट खस्दा टाउकोमा गम्भीर चोट लागेकोले उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

उनले चोरी चोरी मन चोरी’, ‘मा रा पनाटकनी’ र ‘स्माइल प्लीज’ जस्ता फिल्ममा का गरेकी थिइन् ।निकिताको ६ महिने छोरी पनि छिन्।

टोखामा हिटर पड्किँदा आगलागी

काठमाडौंको कलंकीमा एक इन्जिनियर दम्पती हिटरमा जलेर ज्यान गुमाएको घटना सेलाउन नपाउँदै काठमाडौको टोखामा हिटरले एक घर जलेको छ । अनलाइन खबर डटकममा प्रकाशित समाचारअनुसार काठमाडौंको टोखा–११, भण्डारी टोलीमा आगो ताप्ने हिटर पड्किँदा आगलागी भएको छ ।

मंगलबार बिहान स्थानीय मुकुन्दराज घिमिरेको घरमा आगलागी भएको हो । आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन ।

जाडोमा बढी मात्रामा प्रयोग हुने इलेक्ट्रिक हिटर । बजारमा रु ९ सयदेखि ३ हजार सम्ममा विभिन्न ब्रान्डका हिटरहरु पाइन्छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार घरमा एक्कासि हिटर पड्किँदा आगलागी भएको थियो ।

घटनामा लत्ताकपडा, टीभी, ग्याँसचुसो लगायत जलेर करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

जाडोमा हिटर, ग्यास गिजर लगायतका सामाग्रीहरुले प्रयोग गर्दा सावधानी अपनाउन जरुरी छ नभ भने जाडो छल्न घरमा भित्र्याइएका यीनै सामाग्रीहरुले तपाइको ज्यान समेत लिन्छन् । यसबारेमा हामीले यस्ता सामाग्री प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीको विषयमा एउटा पोष्ट लेखेका छौं ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...