रामबहादुर थापा र बर्षमान पुनले किन टेरेनन् नेकपाको शक्तिशाली कार्यदललाई



 

नेकपा दुई अध्यक्ष र शीर्ष नेताले पार्टी र सरकारलाई बन्धक बनाएको भन्ने आलोचनापछि स्थायी कमिटी बैठकले शक्तिशाली कार्यदल गठन गरेको थियो । तर कार्यदल केही मन्त्री सदस्यको पर्खाइमा आफै बन्धक बनेको छ । पुस मसान्तसम्म प्रदेश कमिटीको हेरफेर, जिल्ला कमिटीको एकीकरण, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड र जनवर्गीय संगठन सम्बन्धी ठोस प्रस्ताव ल्याउने गरी गठन गरिएको थियो । तर केही मन्त्रीले कार्यदलमा समय दिन नसकेका कारण कार्यदलले कुनै पनि प्रस्तावलाई ठोस निस्कर्षमा पुर्याउन सकेको छैन ।

 

१२ पुसमा गठन भएको नौ सदसीय कार्यदलको बैठक पाँच पटक बस्न खोज्यो । तर दूई पटक मात्र पूर्ण सदस्य सहभागी भएको बैठक बस्न सकेको छ । केही दिनअघि ललितपुरको एक होटलमा दिनभर बैठक बसेको थियो । बैठकमा प्रदेश सदस्यहरुको नामावली हेरफेरको प्रस्तावमा छलफल भएको थियो । तरपनि प्रस्तावले ठोस रुप लिन सकेन । दिनभर छलफल गर्दा पनि प्रदेश कमिटीको नामावली हेरफेर गर्नेमा सहमति जुट्न नसकेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

 

दोस्रो दिन पनि बैठक बस्नेगरी होटलबाट नेताहरु बाहिरिए । तर कार्यदलमा रहेका मन्त्रीहरुले समय नदिएका कारण बैठक बस्न सकेन । वोलाइएका पाँच बैठक मध्ये मन्त्रीहरुकै ब्यस्तताका कारण तीन बैठक स्थगित भएका छन् । नौ सदस्यीय कार्यदलमा चार मन्त्रीरहेका छन् । कार्यदलका सदस्य रामबहादुर थापा गृहमन्त्री छन् भने बर्षमान पुन उर्जामन्त्री हुन् । त्यसैगरी रघुवीर महासेठ भौतिक तथा यातायातमन्त्री छन् भने शंकर पोखरेल ५ नम्वर प्रदेशका मुख्यमन्त्री हुन् ।

 

यी चार मन्त्रीका कारण नेकपा कार्यदलको बैठकले दुई सातामा बित्दा पनि ठोस निर्णय लिन सकेको छैन । प्रदेशको नामावली हेरफेरमै सहमति नभएपछि जिल्ला, र जनवर्गीय संगठनको एकीकरण प्रस्तावमा छलफल नै भएको छैन । तर केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडमा भने अनौपचारिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।

 

कार्यदललाई समयमै काम सक्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई साता अघि नै निर्देशन दिइसकेका छन् । कार्यदलले ठोस प्रस्ताव ल्याएपछि सचिवालय बैठकमा छलफल गरी स्थायी कमिटीबाट अन्तिम निर्णय लिने तयारी गरिएको छ । तर कार्यदलले पाएका चार मुख्य कार्यभार नै अलमलमा परेको छ ।

 

कमरेडको लालसलाम छोडेर म फेरी जय राष्ट्रवादमा अनुबन्धन भएँ–राजेन्द्रवीर राई

एक बर्षअघि सम्पन्न निर्वाचनमा गाई चिन्हबाट चुनाव लडेका राप्रपा केन्द्रीय सदस्य राजेन्द्रवीर राई निर्वाचन सकिएको महिना दिन नपुग्दै दलबलका साथ तत्कालिन नेकपा एमालेमा प्रवेश गरे । कम्यूनिष्टमा प्रवेश गरेको एक बर्ष नपुग्दै उनले फेरी राप्रपा अध्यक्ष कमल थापाबाट रातो टिका थापेका छन् । कमरेडको क्रान्तिकारी लाल सलाम छोडेर जय राष्ट्रबादमा अनुबन्धन भएका छन् ।

 

राप्रपा छोडेर पछिल्लो समय नेकपा बनेका राई एकाएक किन फेरी जय राष्ट्रबादको कित्तामा पुगे ? ‘प्रदेशी भएको थिँए, फेरी आफ्नै घर फर्कि आएको छु’ रमाइलो पारामा उनले भने ‘जुन घरलाई आफ्नो भनेर गएको थिएँ, त्यहाँ त कोतपर्व जस्तै युद्ध अखडा पो रहेछ । फेरी आफ्नै घर फर्कि आएको छु आफ्नो अभिभावक कमल थापालाई पाएको छु ।’

 

राप्रपा छोडेर तत्कालिन केन्द्रीय सदस्य राजेन्द्रबीर राई मात्र तत्कालिन एमालेमा आएका थिएनन् । राप्रपा सहमहामन्त्री मनोज प्रधान, जिल्ला अध्यक्ष मनोज सिंह लगायत ठुलो हिस्सा आएको थियो । तर उनीहरु सवै अहिले राजेन्द्रवीर कै अबस्थामा पुगेका छन् । न लालसलाम भन्न सकेका छन् नत जय राष्ट्रवादको नारा ‘काँयोको बोटमुनी’ लगाउन सकेका छन् ।
तत्कालिन एमाले जिल्ला इन्चार्ज गुलावजंग शाहले उनीहरुलाई एमालेमा भित्राएका थिए । एमाले नेता प्रकाश ज्वालाबिरुद्ध चुनाव लडेका राईलाई शाहले पार्टीमा मात्र भित्राएनन्, राष्ट्रियसभाको सदस्यमा सिफारिस समेत गरे ।

 

नेतृत्वलाई ‘राई प्यारो की गाई प्यारो’ भन्दै कार्यकर्ताले कटाक्ष पनि गरे । तर इन्चार्ज शाह पार्टीमा भित्राउँदा गरिएको सहमति अनुसार राईलाई राष्ट्रियसभामा सिफारिस गरिएको बताउँदै आएका छन् । राईको नाम जिल्ला कमिटीबाट मात्र सिफारिस परेन, तत्कालिन एमालेको प्रदेश कमिटीबाट पनि सिफारिसमा परेको थियो ।

 

‘राईजीको नाम सिफारिस गर्ने प्रस्ताव आउँदा मैले मानिन्, पार्टीको सदस्य नै नभएको ब्यक्तिलाई राष्ट्रियसभामा सिफारिस गर्ने पक्षमा म थिइन तर भोटिङबाटै म अल्पमतमा परे’ तत्कालिन एमाले प्रदेश इन्चार्ज युवराज ज्ञवालीले भने ‘तरपनि उहाँ राष्ट्रियसभाको उम्मेद्धार बन्न सक्नुभएन ।’

 

एमालेबाट अहिले नेकपा भइसक्यो । तर राई एमालेबाट नेकपा बनेनन् राप्रपा बने । पार्टी सदस्यता नै नभएका ब्यक्तिलाई राष्ट्रियसभामा सफारिस गर्दा पनि उनको मन किन नेकपामा अडिन सकेन ? ‘केही सहमति र सौदाबाजीमा म कम्यूनिष्ट भएको थिँए, न सहमति पालना भयो न त सौदाबाजीको फाइदा नै भयो’ राइले भने ‘विवादै विवाद देखेपछि मन खिन्न पार्दै आफ्नै घर फर्केको छु ।’ राईले सानो कुरामै गम्भिर कुरा उठाए ‘सौदावाजी’ । के थियो सौदावाजी ? ‘समय आएपछि सवै सौदाबाजी खुल्दै जान्छन्, अहिले नै केही नबोलौ’ उनले भने ।

 

राई कर्णाली विकास बैंकका प्रमुख हुन भने पश्चिम नेपालमा नाम कमाएका उद्योगी हुन् । ब्यवसायमा नाम कमाएपनि राजनीतिमा भने उनी सफल हुन सकेका छैनन् । राजनीतिमा सफल हुनकै लागि पहिले गरिएको गल्तिलाई सच्याउन राप्रपामा फर्केको बताए ।

प्रतिक्रिया दिनुहोस
पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि

     सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

सरकारमा नहुनु माओवादीको छटपटी : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा

सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ

    सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा

४२ स्थानमा मुख्य निर्वाचन अधिकृत तोकिए

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको