घाँटीमा गुट्खा अड्किएर मृत्यु… जनहीतको लागि शेयर गरौ



हाम्रो इकोनोमि

 

घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका- ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ। गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको श्रेष्ठले बताए।

 

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ३ फारम चोकमा बाल्टिनको पानीमा डुबेर डेढ बर्षीय नाबालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा रंजित देहेडीको डेढ वर्षकी छोरीको बीस लिटरको बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको हाे ।

 

घरमा एक्लै खेल्दै गरेको अवस्थामा उक्त बाल्टिन भित्र पसी डुबि मृत्यु भएको अवस्थामा आफन्तले फेला पारेका थिए । घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

इटहरीमा स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा १ को मृत्यु

 

सुनसरी / सुनसरीको ईटहरी उप-महानगरपालिका-२ स्थित कोशी राजमार्गमा स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेको समयमा धरानबाट ईटहरी तर्फ आउदै गर्दा को. ३४ प. ९८३९ नम्बरको स्कुटर दुर्घटना हुँदा इटहरी १ आपगाछी बस्ने बर्ष ३० की परिस्ता राई घाईते भएकी थिईन । दुर्घटनामा परेर गम्भीर घाईते भएकी राईको उपचारको क्रममा साँझ साढे ६ बजेको समयमा बिराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तरहराले जनाएको छ ।

 

बिहानै बाँसी मुखमा पानी पिउनुका फाइदै फाइदा

जीवनका लागि पानी अमृत समान हो । पोषणविज्ञहरुका अनुसार एक स्वास्थ मानिसका लागि दैनिक ८ गिलास पानी आवश्यक हुन्छ । तर आज हामी पानी विहानै केही नखाई उठ्ने वित्तिकै, बाँसी मुखमा पानी खानुका फाइदाका बारेमा जानकारी दिन गैरहेका छौँ ।

पानी मानव जीवनका लागि अति आवश्यक चीज हो । यो कुरा सबैलाई थाह छ । तर के तपाई विहान उठ्ना साथ मुख नधोई ब्रस पनि नगरी र्याल सहित पानी खाँदा के के फाइदा पुग्छ भन्ने कुरा थाह छ । त्यसो हो भने यसका फाइदा के के हुन सक्छन् जानौँ ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...