वैदेशिक रोजगार विभागबाट ७ विचौलिया पक्राउ



हाम्रो इकोनोमि

 

 

वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

दुखद खबर : बाल्टिनको पानिमा डुबेर डेढ बर्षीय नाबालिकाको मृत्यु

 

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ३ फारम चोकमा बाल्टिनको पानीमा डुबेर डेढ बर्षीय नाबालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा रंजित देहेडीको डेढ वर्षकी छोरीको बीस लिटरको बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको हाे ।

घरमा एक्लै खेल्दै गरेको अवस्थामा उक्त बाल्टिन भित्र पसी डुबि मृत्यु भएको अवस्थामा आफन्तले फेला पारेका थिए । घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

इटहरीमा स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा १ को मृत्यु

सुनसरी / सुनसरीको ईटहरी उप-महानगरपालिका-२ स्थित कोशी राजमार्गमा स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेको समयमा धरानबाट ईटहरी तर्फ आउदै गर्दा को. ३४ प. ९८३९ नम्बरको स्कुटर दुर्घटना हुँदा इटहरी १ आपगाछी बस्ने बर्ष ३० की परिस्ता राई घाईते भएकी थिईन । दुर्घटनामा परेर गम्भीर घाईते भएकी राईको उपचारको क्रममा साँझ साढे ६ बजेको समयमा बिराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तरहराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...