बलिउडमा फेरि अर्का महान हस्तिलाई क्यान्सर भएकाे खुलासा !!



हाम्रो इकोनोमि

 

बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको पत्ता लागेको छ ।

उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् ।

ऋतिकले सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma भएको जानकारी दिए ।

यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ ।

क्यान्सरको पहिलो स्टेजमा नै रोगबारे पत्ता लागेको उनले बताए ।

यो यस्तो रोग हो जसका कारण छालामा अनावश्यक कोसिकाको वृद्धि हुनथाल्छ ।

 

ऋतिकले दुई घण्टाअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुवा राकेशसँगको जिमको तस्बिर पोष्ट गर्दै उनको निकै तारिफ गरेका छन् ।

यसमा उनले लेखेका छन्, ‘मैले आज बिहान बुवालाई व्यायामका लागि सोधें, मलाई थाहा थियो कि उनी शल्यक्रियाको दिन पनि व्यायाम गर्न छोड्ने छैनन् ।

केही हप्ताअघि मात्रै Squamous Cell Carcinoma बारे पत्ता लाग्यो ।

आज उनी आफ्नो युद्ध लड्नेछन् ।

हामी भाग्यमानी छौं कि हाम्रो परिवारले तपाईंजस्तो अग्रणी व्यक्ति पायौं ।’

राकेश रोशन आजकाल कृष ४ को तयारीमा जुटेका छन् ।

यो फिल्ममा राकेश रोशन पुनः एकपटक आफ्नो छोरासँग काम गर्नेछन् । यो फिल्मको यसअघिको सबै सिरिज निकै हिट रह्यो ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...