पिठ्युमै २ वर्षे छोरा बोकेर गिट्टी फुटाउँदै गरेकी आमाकाे धाेकाे : मेहनत गरेर छोरालाई धेरै पढाउने



हाम्रो इकोनोमि

 

पुष महिनाको चिसो, माडि खोला किनारमा पिठ्युमै २ वर्षे छोरा बोकेर गिट्टी फुटाउँदै गरेकी ३० वर्षीया झरना घर्तीको एउटा मात्र चाहना छ। ‘दुई छोरालाई धेरै पढाउने।’

आफु र श्रीमानले पढ्न नपाउँदाको परिणाम भोगेकी उनी जसरी भए पनि सन्तानलाई सक्षम बनाउने दिर्घकालिन सोच लिएकी छन्।

अलिकति आफुसंग भएको र बाँकी ऋण गरेर ३ बर्ष अगाडी बिदेश पठाएकी श्रीमानको दुख सम्झेर उनीपनि सानो तिनो काम गर्दै आम्दानी जुटाई रहेकी छिन्।

बिहानै उठेर घर धन्दा, बस्तुभाउ स्याहारसंगै ९ बजे ठुलो छोरालाई विद्यालय पठाएपछि उनी सानो छोरासँगै गिट्टी फुटाउन माडि खोला किनारमा झर्छिन्।

‘जेठो छोराले माथि कोटगाउँ स्कुलमा ५ कक्षामा पढ्छ।

स्कुल टाँढा छ। उसलाई उता पठाएर हामी पनि खाना खाएर यता आएको हौ।’

घर छेउँमा रहेको माध्यमिक विद्यालय भन्दा करिब डेढ घण्टा टाढाको अर्को स्कुलमा पढाइ राम्रो हुन्छ भन्ने सुनेकी झरनाको ११ बर्षीय छोरो प्रबेश पढ्न उतै जान्छन्।

‘आफु जस्तो बनाउन भएन। छोरालाई त पढाउँनु पर्‍यो।

त्यसका लागि दुख त गर्नै पर्छ। श्रीमानले मात्रै दुख गर्ने, म चाँही बसी बसी खान सुहाउँदैन। त्यसैले दिउँसो एक छिन गिट्टी फुटाउँछु। फेरि घर गएर बस्तुभाउ हेर्नु पर्छ।’

गिट्टी फुटाउँदै झरना भन्छिन्, ‘मेहनत त गर्नै पर्‍यो नि। एक ट्याक्टर गिट्टी बनाउन सकियो भने ५ हजार ५ सय हुन्छ। घर खर्च चल्छ।’

धेरैका लागि सिकाई पात्रका रुपमा देखिने उनको पछाडि बोकिएको छोरो पनि ज्ञानी छ।

एक छिन बोक्छिन् अनि केहिबेर उ एक्लै खोला किनारमा खेल्छ र फेरि बोक्छिन्। आमाले परबाट खेरेर ल्याएको ढुङ्गाको थुर्पो छेउमा बालुवा संग रमाउने चरण आफै लड्छ अनि आफै उठ्छ। ‘केटाकेटी त भयो। यस्तो चिसो छ।

धुलोमा खेल्छ। घरमा हेर्ने कोही छैनन् अनि यतै लिएर आउँछु।’

झरनाले घरमा आफुले खान र कहिले धेरै भयो भने बेच्ने गरी तरकारी खेतीमा सक्रिय छिन्। कहि कतैबाट कुनै तालिम नलिएकी उनले केहि वर्ष अगाडी तरकारी खेतीको चाँहि तालिम लिएकी रहिछन्।

उनले भनिन्,‘परार तरकारी खेतिको तालिम लिएकी हुँ। कसैले सीपमुलक तालिम र अलिअलि सहयोग गरेको भए श्रीमानलाई किन बिदेश जानु पर्ने थियो र ? ऋण गरेर बिदेश जानु भन्दा यतै दुई जनाले संगै केहि गरिन्थ्यो।’

छोरालाई राम्रो पढाउने एक मात्र सोच बनाएकी उनी संग अरु कुनै आशा छैन।

५ कक्षा मात्र पढेकी झरना बिहानदेखि आफ्नो नियमित कर्ममा लागी रहन्छिन्। चुनावका बेला दिन दिनै भोट माग्न आउने नेताहरुले भनेको मिठा कुरा भुलिसकेकी उनलाई कोही संग कुनै अपेक्षा पनि छैन।

उनले भनिन्‘त्यो बेला त दिन कै आउँथे। परिवर्तन हुन्छ। राम्रो हुन्छ।

तपाईहरुका लागि काम गर्छौ। ओहो, के के हो, के के भन्थे।

खै चुनाव सकिए पछि जित्ने, हार्ने कोही फर्केर आएनन्।’ काम गर्न अल्छी मान्नेहरुका लागि उदाहरण देखिने झरना अनि आफ्ना सन्तानलाई पढाउँनै पर्छ भन्ने मान्यता बोकेकी यी आमा सबैका लागि उदाहरणीय बनेकी छन्।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...