रोल्पामा बस दुर्घटना, ११ महिने बालकको समेत गयो ज्यान २५ जना गम्भिर घाइते



हाम्रो इकोनोमि

 

रोल्पामा सोमबार साँझ बस दुर्घटना भएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा बा १ ख ५५२१ को नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका २४ वर्षीय चालक नवराज आले र लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाका ११ महिने बालक नितेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका असई शेरबहादुर थापाले डीसीनेपाललाई जानकारी दिए ।

उनले घटामा घाइते भएकाहरुको बाँकेको कोहलपुरस्थित मेडिकल कलेज र रोल्पाको सुलीचौर प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार १० जना घाइतेको उपचार कोहलपुरमा भइरहेको छ भने १५ जनाको सुलीचौरमा उपचार भइरहेको छ ।

बसमा ३० जना यात्रु रहेका थिए । अन्य ३ जना भने शकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...