साइकलसँग ठोक्किँदा कारको यस्तो हालत



हाम्रो इकोनोमि

 

सडकमा दुर्घटना हुनु र कारसँग साइकल ठोक्किनु नयाँ कुरा भएन ।

कारसँग ठोक्किएर साइकल कच्याक कुचुक हुनु पनि नौलो होइन ।

तर जब साइकल सँग ठोक्किएर कार कच्याक कुचुक हुन्छ, तब यो कुरा आठौँ आश्चर्य बन्दो रहेछ ।

रोचक त के भने साइकल र कार आपसमा ठोक्किँदा साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो ।

त्यो तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ ।

चीनको सेन्जेन सहरमा भएको यो घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रसंसा गरिरहेका छन् ।

त्यस्तो बलियो साइकलको बारमेा जान्नका लागि मानिसहरु उत्सुक नहुने कुरै भएन । घटनाको भिडियो बाहिर आएसँगै मानिसहरुले कार कम्पनीको मजाक उडान सुरु गरे ।

कतिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको बताएपनि पुलिसले त्यो वास्तविक घटना भएकेा पुष्टि गरको छ ।

पिपुल्स डेली चाइनाले समेत यो तस्वीर सहितको समाचार छापेको छ ।

दुर्घटनामा साइकलमा कुनै क्षति नभएपनि चालक सामान्य घाइते भएका छन् ।

उता कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारका यात्रु तथा चालक सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...