२१ बर्षकी यि महान नारी रुपा। जसले माईती छोडिन् तर २ हात र एक खुट्टा काटिएका आफ्नो श्रीमान छोडिनन्(भिडियो सहित)



हाम्रो इकोनोमि

 

युटुब च्यानल नयां नयाँ न्युज नेपालले छोटो समयमै ७ लाख भन्दा बढि सव्सक्राईभर्स र लाखौं दर्शकहरुको माया पाईरहंदा केवल डलर कमाउन मात्र म अघि बढिन् ।

युटुबबाट कसरी दुखी, पिडित र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बाटो खोजिरहें ।

अशोक दर्जीको पहिलो मोबाईल भिडियोदेखि, नेपालमा थाहै नभएको पार्कर बिषयलाई उठाएर दिनेश सुनारले हाम्रै युटुब च्यानलबाट उदाएर २ वटा वल्र्ड रेकर्ड राखे ।

ठेलामा मःमः बेच्ने गायक सबै मांझ लोकप्रिय हाम्रै च्यानलबाट बने भने हाम्रै पहलमा यतिबेला बाटोमा सारंगी बजाउंदै हिड्ने जनक गन्धर्व स्कुल पढ्दै छन् र उनको घर बन्दै छ ।

यी बाहेक अन्य धेरै नव प्रतिभाको प्रतिभा र दुखी, गरिब र समस्यामा परेका नेपालीहरुको दुखको साथी बन्यौ हामी ।

यसैबिच बिदेशबाट ऋषि जीको कल आयो ।

सर, कुलेश्वरमा २१ बर्षका यस्ता युवा छन्, जस्को २ हात र १ खुट्टा छैनन् ,मात्र एक बर्ष अगाडि अन्तरजातीय बिहे गरेको, बा, आमाले पनि सानैमा छोडेर गए, बिजोग छ, हजुरहरुले भिडियो बनाएर अपिल गर्दिनुहुन्थ्यो कि ? मैले नाई भन्ने कुरै थिएन, हामीले गर्दै आईरहेका पनि त्यहि थियौं ।

समय मिलाएर कुलेश्वर हाईट जांदा कृष्ण वलिकी श्रीमी रुपा पुलामी मगर वलि हामीलाई बाटोसम्म लिन आईन् ।

घरमा पुग्दा बुढी हजरआमासंग सोफामा बसिरहेका थिए, कृष्ण ।

कलिलो अनुहारका कृष्ण मलाई देखेर मुस्कुराए, दाई तपाईकै फिल्म लभ सब हेर्दै थिए, कस्तो कमेडी रैछ, भने ।

कृष्णलाई देख्ने बित्तिकै सबै दुखी, पिडित देख्दा अर्कै भावमा डुबिहाल्ने मेरो मन त्यतैतिर डुव्यो ।

कृष्णको कथा जान्न आतुर थिएं ।

चिया पिएर कुराकानी सुरु गर्दा, कृष्णले आफ्ना सबै कथा सुनाए ।

उनले कसरी गुमाए त दुई हात र एक खुट्टा ?

 

कृष्णकी श्रीमती अन्तर्वार्तामै रुदा मैले पनि आफुलाई सम्हाल्नै सकिन, आंशु आंखाको डिलसम्म आयो ।

कस्तो पिडा, पहिला बाबाले छोडे पछि आमाले ।

सानैदेखि मामाघरको हजुरआमाले हुर्काए, कृष्णलाई ।

जब ठुलो भए यस्तो घटना घट्यो ।

प्रेम गरेपछि अन्तरजातिय बिवाह गरेका रुपा र कृष्णको प्रेम कथा पनि मेरै फिल्मको सुटिंगबाट सुरु भएको रहेछ ।

हामी तपाईको बिर्खेलाई चिन्छस् फिल्मको सुटिंग हेर्न जांदा पहिलो पटक कुराकानी गरेको नि, रुपाले सुनाईन् ।

रुपाको कृष्णप्रतिको प्रेम देख्दा निस्वार्थ माया गर्ने मान्छे पनि अझै संसारमा छन् र झैं लाग्यो ।

सांच्चै महान् रुपा बहिनीलाई मैले सोलुट गरें ।

अनि कृष्णको जीवनमा अब एउटा कलाकार हैन दाजुको रुपमा शिशिर भण्डारीको भुमिका रहनेछ, तिमीलाई सबैसंग सहयोग जुटाएर खुट्टाले हिड्ने र कामहरु गर्न सक्ने बनाउंछु भनेर वाचा गरें ।

त्यसको लागि तपाई सबैको साथ चाहिन्छ है ।

कृष्णको हात र खुट्टै काट्नु पर्ने घटना के थियो ?

किन सानैमा छोडेका थिए, कृष्णलाई उनका बाबु आमाले ?

कसरी सम्भव भयो, कृष्ण र रुपाको अन्तरजातिय बिवाह ?

अनि समाजले किन भन्दैछ रुपालाई, कृष्णलाई छोड्दे ?

सबै कुरा थाहा पाउन भिडियो हेर्नुस ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...