काठमाडौँमै हिउँ प‍र्‍यो, चिसो अझै बढ्न सक्ने



हाम्रो इकोनोमि

 

सोमबार बिहानैदेखि काठमाडौँ उपत्यका वरपर पानी परिरहेको थियो भने बिहान साढे ८ बजेदेखि उपत्यका भित्र पनि हल्का पानी परिरहेको छ ।

यसै पनि पुसको चिसोले सताएको काठमाडौँवासीलाई पानी परेपछि झन् चिसो बढ्न सक्ने पिर परेको छ ।

चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकामा साँझ बिहानको तापक्रम घटेको छ । तर बिहान सबेरैदेखि घाम लाग्ने भएकोले दिउँसो भने त्यति धेरै जाडोको महसुस हुने गरेको छैन ।

पानी परे संगै चन्द्रागिरीमा हिमपात भएको खबर छ ।

यस्तै उता जाजरकोट, कालिकोट र बाजुरामा पनि हिमपात भएको खबर आएको छ । मौसमबिभागका अनुसार आज देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली हुने छ ।

यस्तै पश्चिमि क्षेत्रमा पनि आंशिक बदली हुनेछ ।

देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औँल्याएको हो ।

साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एक/दुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ ।

चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह्तिर ल्याण्डफल हुने महाशाखले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ । ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...