प्रदेश नम्बर ७ मा भुकम्प, विज्ञहरु भन्छन : यो महाभुकम्पको संकेत हो



हाम्रो इकोनोमि

 

 

नेपालमा विगतमा गएको महाभुकम्पपश्चात लगातार धक्का आउँने क्रम जारी रहेको छ । महाभुकम्पको झण्डैं तीन वर्ष वितिसक्दासमेत्त यसरी धक्का आइररहनुले नेपाल अझैं खत्तरामा रहेको आंकलन हुने गरेको छ । वि.सं. २०७२ लाई अझैं पनि नेपालीहरुले बिर्सेका छैनन । हरेक नेपालीहरुको मनसपटलमा आज पनि त्यही बैशाख १२ को दिन रहेको छ । यो बिचमा बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

 

भारतीय भुर्गभविदहरुले दावी गरेका छन कि नेपालमा अझैंपनि एक महाभुकम्प आउँन सक्छ । भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामासमेत महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले ४ रेक्टर स्केलको भूकम्प गएको बताए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

 

रक्सी खाने पैसा बीमा गर्नुस् भन्दै सामाजिक अभियन्त्ता तथा हास्य कलाकार धुर्मुस–सुन्तलीले दिए यस्तो सल्लाह

 

सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो ।

एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गर्नुभयो ।

 

‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भन्नुभयो, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गर्नुभयो ।

 

दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् ।

 

बानेश्वरमा छतबाट खसेर ३ वर्षे बालकको मृत्यु

 

राजधानीको पुरानो बानेश्वरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । काभ्रे चौरी देउराली घर भइ हाल पुरानो बानेश्वर बस्दै आएका भुपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरीको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो ।

केएमसीबाट थप उपचारको लागि नेपाल मेडिसिटी अस्पताल नख्खु पठाइएको थियो । बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...