के तपाईमा यस्ता संकेत छन् ? छन् भने तपाईं धेरै बुद्धिमान हुनुहुन्छ



हाम्रो इकोनोमि

 

मानिसका सबैका आ-आफ्ना गुण हुन्छन् ।

ती गुणले व्यक्तिको जीवनमा प्रत्यक्ष(अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।

ती गुण र बानीले नै मानिसको भविष्य निर्धारण भएको हुन्छ र उसको विशेषता समेत बताइरहेको हुन्छ ।

मानिसको बानीले, उसमा भएका गुणले ऊ कत्तिको बुद्धिमान व्यक्ति हो भन्ने अनुमान गर्न सकिन्छ ।

वैज्ञानिकहरुले पनि केही त्यस्ता गुण वा बानीलाई व्यक्तिको क्षमता मापन गर्ने आधार बनाएका छन्।

बुद्धिमान व्यक्ति राती अबेरसम्म पनि सुत्दैन ।

उसलाई निन्द्रामा समेत छटपटी हुन्छ ।

लिओनार्दो दा भिन्ची दिनको करिब तीन घण्टा मात्र सुत्ने गर्थे र सफल भएका धेरै व्यक्तिहरुको बारेमा पढ्दा पनि यस्तो तथ्य फेला पर्छ।

वैज्ञानिकहरुका अनुसार, बुद्धिमान व्यक्तिले रातीको समयमा पनि केही पढ्न, केही नयाँ कुरा सिक्न प्रयास गर्छ, जसले गर्दा ऊ ढिलो सुत्छ।

त्यस्तै, उसको दिमागमा विचारहरु खेलिरहनाले ऊ मस्त निदाउन सक्दैन।

बुद्धिमान व्यक्ति अल्छि हुन्छ ।

ऊ सोंचाइले र नयाँ प्रयोगले शारीरिक रुपमा थाक्छ, जसले गर्दा अल्छि बन्छ ।

फेरी अल्छिपनकै कारण उसले सुविधा खोज्छ, नयाँ र छिटो हुने प्रयोग खोज्छ , जसले गर्दा नै रिमोट, यातायात, टेलिफोन जन्मिएका हुन्।

त्यस्तै , बुद्धिमान व्यक्ति भ्रमण गर्न बढी मन पराउँछ।

भ्रमण गर्दा नयाँ मानिस, नयाँ पृष्ठभूमि, नयाँ विचार, नयाँ वातावरण बारे बुझ्न पाइन्छ र त्यसले आफूमा केही नयाँपन ल्याउन सकिन्छ, आफ्नो कामलाई नयाँ रुप दिन सकिन्छ, विभिन्न कुरा सिक्न सकिन्छ।

बुद्धिमान व्यक्तिहरु समाजमा धेरै घुलमिल हुँदैनन् ।

उनीहरु प्राय एकलकाटे प्रकृतिका हुन्छन् ।

किनकी उनीहरुको सोंच समाजका अरु व्यक्तिको सोंच संग मिल्दैन, समाजले उनीहरुको सोंचलाई छिट्टै स्विकार्न, आत्मसाथ गर्न सक्दैन भन्ने उनीहरुलाई थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...