के तपाईमा यस्ता संकेत छन् ? छन् भने तपाईं धेरै बुद्धिमान हुनुहुन्छ



हाम्रो इकोनोमि

 

मानिसका सबैका आ-आफ्ना गुण हुन्छन् ।

ती गुणले व्यक्तिको जीवनमा प्रत्यक्ष(अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।

ती गुण र बानीले नै मानिसको भविष्य निर्धारण भएको हुन्छ र उसको विशेषता समेत बताइरहेको हुन्छ ।

मानिसको बानीले, उसमा भएका गुणले ऊ कत्तिको बुद्धिमान व्यक्ति हो भन्ने अनुमान गर्न सकिन्छ ।

वैज्ञानिकहरुले पनि केही त्यस्ता गुण वा बानीलाई व्यक्तिको क्षमता मापन गर्ने आधार बनाएका छन्।

बुद्धिमान व्यक्ति राती अबेरसम्म पनि सुत्दैन ।

उसलाई निन्द्रामा समेत छटपटी हुन्छ ।

लिओनार्दो दा भिन्ची दिनको करिब तीन घण्टा मात्र सुत्ने गर्थे र सफल भएका धेरै व्यक्तिहरुको बारेमा पढ्दा पनि यस्तो तथ्य फेला पर्छ।

वैज्ञानिकहरुका अनुसार, बुद्धिमान व्यक्तिले रातीको समयमा पनि केही पढ्न, केही नयाँ कुरा सिक्न प्रयास गर्छ, जसले गर्दा ऊ ढिलो सुत्छ।

त्यस्तै, उसको दिमागमा विचारहरु खेलिरहनाले ऊ मस्त निदाउन सक्दैन।

बुद्धिमान व्यक्ति अल्छि हुन्छ ।

ऊ सोंचाइले र नयाँ प्रयोगले शारीरिक रुपमा थाक्छ, जसले गर्दा अल्छि बन्छ ।

फेरी अल्छिपनकै कारण उसले सुविधा खोज्छ, नयाँ र छिटो हुने प्रयोग खोज्छ , जसले गर्दा नै रिमोट, यातायात, टेलिफोन जन्मिएका हुन्।

त्यस्तै , बुद्धिमान व्यक्ति भ्रमण गर्न बढी मन पराउँछ।

भ्रमण गर्दा नयाँ मानिस, नयाँ पृष्ठभूमि, नयाँ विचार, नयाँ वातावरण बारे बुझ्न पाइन्छ र त्यसले आफूमा केही नयाँपन ल्याउन सकिन्छ, आफ्नो कामलाई नयाँ रुप दिन सकिन्छ, विभिन्न कुरा सिक्न सकिन्छ।

बुद्धिमान व्यक्तिहरु समाजमा धेरै घुलमिल हुँदैनन् ।

उनीहरु प्राय एकलकाटे प्रकृतिका हुन्छन् ।

किनकी उनीहरुको सोंच समाजका अरु व्यक्तिको सोंच संग मिल्दैन, समाजले उनीहरुको सोंचलाई छिट्टै स्विकार्न, आत्मसाथ गर्न सक्दैन भन्ने उनीहरुलाई थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...