ससुरालीमै पत्नीमाथि एसिड प्रहार, यसरी जाेगिइन् अश्मी
एकाएक माइतीमा श्रीमान् आएको देखेपछि अश्मी रुम्बा खुसी भइन् ।
कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान् विरेन गुरुङ सुध्रिए भन्ने पनि लाग्यो ।
साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सिइन् उनले ।
तर कोठामा एक्लै भएको बेला श्रीमानले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी छाँगाबाट खसे जस्तै भइन् ।
एसिड शब्द सुनेकी मात्र के थिइन्, अश्मीले घोप्टो परेर अनुहार जोगाइन् । बाक्लो कपडाका कारण एसिडले उनको शरीरमा असर गर्न भने पाएन ।
घटनामा उनले लगाएको कपडा भने जल्यो ।
एसिड प्रहारसँगै अश्मी चिच्याइन् । सुनेर छिनमै बहिनीहरू कोठामा पुगे । र पुगेर भिनाजुको कुकृत्य रोके । त्यसले पनि अश्मीलाई एसिड लाग्न पाएन ।
अश्मीको अनुहारमा छिटफुट लागेको एसिड पानीले पखाले ।
भदौदेखि माइतीमै बस्दै आएकी अश्मी विरेनले माफी मागेपछि पुस १ गते घर गएकी थिइन् ।
तर त्यसपछि पनि श्रीमानकाे हिंसा नघटेपछि उनी माइतीमै फर्किएकी थिइन् । याे खबर अन्नपूर्ण पाेस्टमा छ।

