अनुहारको दाग, चाया र छालामा भएको धर्षा हटाउने प्राकृतिक उपाय



हाम्रो इकोनोमि

 

अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ ।

सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् ।

त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन सक्छन ।

छालाबाट दाग-धब्बाहरु हटाउने उपाय र बिधि यस प्रकार रहेका छन् :

आवश्यक सामग्री:
१. कागती
२. भिटामिन ई युक्त तेल

प्रयोग गर्ने बिधि:

एउटा कागतीको टुक्रा लिनुहोस् र त्यसलाई एउटा सफा भाडोमा निचरेर राख्नुहोस ।

कागती निचोरी सकेपछि अब त्यसमा एक चम्चा भिटामिन ई युक्त तेल मिसाउनुहोस् । अब चम्चाले एकछिन घोल्नुहोस् ।

केहि समयपछि तयार भएको मिश्रणलाई अनुहारको दाग भएको ठाउँमा कपासको सहायताले विस्तारै ४-५ मिनटसम्म मसाज गर्नुहोस् ।

मसाज गरि सकेपछि अब ५ मिनेटसम्म त्यसलाई सुक्न दिनुस र सुकेपछि मुख धुनुहोस् ।

यो प्रक्रिया दिनको दुई पटक बिहान र बेलुका गरि प्रयोग गर्नुहोस् ।

१ हप्तापछि तपाई आफैले दागमा आएको परिवर्तन देख्नुहुनेछ ।

कागतीको रस छालाको समस्याको लागि सबैभन्दा उपयोगी सामग्री मानिन्छ ।

कागतीले छालाको दाग हटाउनुको साथै तन्किएको छालाको धर्साहरु, चाउरी परेका छाला लगायतका समस्याहरुको समाधानका लागि उपयोगी हुन्छ ।

साथै भिटामिन इ पनि उपयोगी मानिन्छ ।

भिटामिन इले तन्केको छालाको धर्साहरुलाई पुन अवस्थामा पुर्याउन मदत्त गर्दछ ।

शल्यक्रियापछि भिटामिन ई तेल प्रयोग गर्न केहि डाक्टरहरूले सल्लाह पनि दिने गरेका छन्। किनकि यसले छालाका कोशिकाहरूलाई पुनः प्रसार गर्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...