१२ बर्षमै आमा बनेकी गंगा, नवजात शिशुलाई सम्हाल्न गाह्रो



हाम्रो इकोनोमि

 

राममाया अर्थात् १२ वर्षमा भर्खैरै आमा बनेकी गंगा प्रजाको आमा। गंगाले अपरेशन गरेर छाेरी जन्माएकी हुन् । दुई घण्टा लामो अपरेशनपछि उनी आमा बनेकी हुन्। तर, नवजात शिशुलाई सम्हाल्न गाह्रो भएको छ, उनलाई।

 

राममायाको लागि सपना जस्तै भइएको छ। तर, सपना होइन। २.२९ केजीको छोरी यथार्थ हो। गंगा सकुशल रहेको यथार्थ हो। र, बच्चालाई आइसियुमा राख्नु नपरेको पनि यथार्थ नै हो।

 

जटिल सोचिएको थियो तर अपरेशन गरियो। डाक्टरहरुले चेतावनी दिएजस्तै बच्चा र आमा दुवैको ज्यान तलमाथि भएन। उनीहरुकै भाषामा भन्नुपर्दा ‘मेडिकल मिराकल’ भयो। भाग्यमानी ठहरिन गंगा। नत्र १२ वर्षको उमेरकै यति सजिलै सुत्केरी हुन कहाँ सम्भव हुन्छ र ?

 

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाको विकट औले गाउँमा घर भइकी गंगाको परिवारमा दु:ख छ । अभाव र समस्या छ थियाे नै छाेरीकाे जिम्मेवार पनि थपिएकाे छ ।

 

तीन महिनाअघि राममायाले सोचेकी थिइनन्, गंगाले यति सजिलै बच्चा जन्माउँछे। गंगा स्वयंमलाई पनि थाहा थिएन आमा बन्नुको सकश। उनीहरु लाचार थिए। समस्याको जानकार हुँदा हुँदै पनि काल नै पर्खेर बसिरहेका जस्ताे लाग्थे। गाउँमै बच्चा जन्माउने ‘घातक निर्णय’ गरेका थिए। गरीबी र अभावले पिल्सिएकाले ज्यान धरापमा राख्‍नु बाध्यता थियो।

हेटौंडाबाट ६० किलोमिटर पश्चिम पहाडी चेपाङ जातिको बाहुल्यता रहेको विकट ठाउँमा४२ धुरीभित्र तीनसय भन्दा बढीको जनसंख्या। अधिकांश इसाईमा रुपान्तरित भइसकेका। त्यही गाउँको एउटा कुनामा छ, गंगाको घर।

 

श्रीमान बेपत्ता भएकाले माइतीको सहारामा बसेकी छिन्। बालविवाहको आरोपमा पक्रेर जेल हाल्छन् भन्न डर भएर । उनको आमा र बुबा पनि गंगाको बेपत्ता श्रीमान रञ्जित प्रजा खोज्न हिँडेका रहेछन्। दाजु भाउजु र बच्चाहरु गरेर २० जनाको संयुक्त परिवारमा खानाको अभाव, गोठको सुताई, लगाउने कपडाको अभाव उस्तै। कठ्याङग्रिने जाडोमा न्यानो कपडासमेत नभएकाे अवस्था छ ।

 

चेपाङ बस्तीमा अधिकांशको सानैमा बिहे हुन्छ। ९० प्रतिशत भन्दा बढी भागी बिहे। कलिलैमा भागी विवाह गर्ने परम्परा नै बनेको छ । चाडै बिहे गरेकोमा गंगाले पश्चाताप गरिरहेकी छिन् । गंगाको सम्पर्कबिहीन भएका रञ्जित पनि फर्किए। सञ्चारमाध्यममा प्रकाशित भएपछि सरकारले गरेकाे उद्दारबाट सकुशल उनकाे उपचार सम्भव भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...