२०१९ मा आउँदै छन्, यी सानदार स्कुटर



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय स्कुटरको माग निकै बढ्दै गएको छ । नेपाली बजारमा स्कुटरको बजार हिस्सा करिब ३० प्रतिशत रहेको छ भने भारतमा करिब ३३ प्रतिशत रहेको छ ।

 

विशेषतः युवापुस्तामा १२५ सीसी सेग्मेन्टका स्कुटरप्रतिको आकर्षण बढ्दो छ । बजारको बढ्दो मागलाई ध्यानमा राख्दै विभिन्न कम्पनीले नयाँ मोडलका स्कुटर बजारमा ल्याइरहेका छन् । २०१९ मा पनि कम्पनीहरुले भारतीय बजारलाई आधार बनाएर उत्कृष्ट स्कुटर ल्याउने तयारी गरेका छन् ।

 

ओकिनावा आईप्रेज 


इलेक्ट्रीक टु–ह्वीलर कम्पनी ओकिनावा अटोटेकले जनवरीमा इलेक्ट्रीक स्कुटर आईप्रेज सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा उपलब्ध लिथियम आयन ब्याट्रीलाई दुई घन्टाको समयावधिमा फूल चार्ज गर्न सकिन्छ भने फूलचार्जमा १६० देखि १८० किलोमिटरसम्म चलाउन सकिन्छ ।

यसको टपस्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ ।

 

हिरो मेस्ट्रो एज–१२५ 


हिरो मोटोकर्पले २०१८ मा आयोजित अटो एक्स्पोमा १२५ सीसी सेग्मेन्टका स्कुटर निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना बमोजिम निर्माण गरिएको मेस्ट्रो एज–१२५ सार्प बढीको कारण युवाको रोजाईमा पर्ने अपेक्षा गरिएको छ । यो स्कुटरमा आईथ्रीएस स्टार्टअप सिस्टम, यूएसभी चार्जिङ्ग प्वाइन्ट, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र साइड स्ट्यान्ड इन्डिकेटरलगायतका विशेषता दिइएका छन् ।

यसमा उपलब्ध १२५ सीसीको सिङ्गल सिलिन्डर इन्जिनले ८.७ बीएचपी पावरकासाथै १०.२ एनएम–टर्क उत्पादन गर्छ ।

 

अप्रिलिया स्ट्रोम–१२५

अप्रिलियाको नयाँ स्कुटर स्ट्रोम–१२५ आगामी जुन महिनामा सार्वजनिक हुनेछ । यसमा अलोय–ह्वील तथा स्ट्यान्डर्ड कम्बाइन्ड ब्रेकिङ्ग सिस्टम दिइएको छ । यसको आकार अप्रिलियाको एसआर–१२५ सँग मिल्दाजुल्दो रहेको कम्पनीले जनाएको छ । यसमा उपलब्ध इन्जिनले ९.४ बीएपची पावरकासाथै ९.९ एनएम–टर्क उत्पादन गर्छ ।

 

यूएम चिल–१५० 


भारतीय बजारमा मौजुद यूएम मोटरसाइकलले यो वर्ष नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले बजारमा ल्याउने भएको रेट्रो स्टाइलिङ्ग स्कुटरमा उपलब्ध १५० सीसी इन्जिनले उत्कृष्ट पावर प्रदान गर्नेछ ।

 

टीभीएस जूपिटर–१२५ 


टीभीएसको निकै चर्चित स्कुटर जूपिटर–१२५ भर्सनमा बजारमा आउने भएको छ । नयाँ जूपिटर फ्यूल इन्जेक्टेड इन्जिन युक्त मोडल हो । यसमा उपलब्ध इन्जिन बीएस ६ मापदन्डअनुसार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...