पुष १० देखि हराएका अनुज सिम्खडाको शव काठमाडौँको नँयाबसपार्क नजिकै विष्णुमति खोलामा भेटियो



हाम्रो इकोनोमि

 

काठमाडौँको नँया बसपार्क नजिकै विष्णुमति खोलामा एक पुरुषको शव फेला परेको छ।

गोरखा घर भई राजधानीमा बसोबास गर्दै आएका धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी अनुज सिम्खडाको शव विष्णुमतिमा भेटिएको हो।

सिम्खडाको शव बुधबार साँझ भेटिएको र अहिले पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी गत पौष १० गतेदेखि सम्पर्कबिहिन भएका थिए। घटनाबारे थप अनुसन्धन भइरहेको छ।

अनुजकी बहिनि सुनिता सिम्खडाले फेसबुकमा आफ्नो दाजु पुष १० देखि हराएको र फेला पार्नुहुनेले प्रहरीमा खबर गरिदिन वा फोन गरिदिन भन्दै मोबाइल नम्बर राखेर सामाजिक संजालमा पोस्ट गरेकी थिईन।

उनले पोष्ट गरेको केहि दिनपछिनै शव फेला पर्नुले अनु जको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

उता घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् ।

घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।

बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गर्नाका साथै प्रहरीमा निवेदनसमेत दर्ता गराउनुभएको छ ।

किशोरी बेपत्ता हुँदा परिवार तनावमा छन् ।

यस्तै तुसी पुर–१० की सुशीला खड्का पनि गत कात्तिक २७ गतेदेखि परिवारको सम्पर्कमा नआएको भन्दै आमा पीमा वलीले प्रहरीमा जाहेरी गर्नुभएको छ ।

उहाँले पनि लामो समयसम्म छोरी सम्पर्कमा नआएपछि खोजी गरिदिनका लागि एक विज्ञप्ति जारी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...