‘सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमोसो दल्दिए हुन्छ’: नारायणकाजी श्रेष्ठ



हाम्रो इकोनोमि

 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कालो मोसो दल्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । ‘

कृषि तथा वन विज्ञान विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी प्राध्याकपले सोमबार राजधानीमा गरेको एक कार्यक्रममा उनले शिक्षा लगायत राज्यको हरेक निकायमा भ्रष्टाचार मौलाएको बताए।

‘सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ उनले भने, ‘मैले यतिभन्दा मिडिया लेख्छन भने लेखुन्।’

शिक्षा क्षेत्रबाट भ्रष्टाचार अन्त्यको सुरुवात गर्नुपर्ने उनको भनाइ थियो। सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले दुखेसो समेत गरे।

‘आफ्नै पार्टीको सरकार छ, सरकारबाट आफ्नै वर्ग शोषित भएको छ,’ श्रेष्ठले भने, ‘सरकारमा बसेकाहरु मौका नपाएका भाते जस्ता भएका छौं।’

नेपालमा राजनीतिक सफाई आन्दोलन जरुरी रहेको उनले औंल्याए।‘

अस्ति केहि विद्यार्थी साथीहरु आउनु भएको थियो, विश्वविद्यालयले पैसाको चलखेल गरेर सम्बन्धन दिएको गुनासो गर्नुभयो, जताततै भ्रष्टाचार र व्यथित भयो, शुद्धिकरण कहाँबाट थाल्ने ?,’ प्रश्न गर्दै उनले भने, ‘सरकारमा बसेका, सरकार बाहिरका, प्राध्यापक, विद्यार्थी सबै पैसा खाने ?’ सबैभन्दा बढि राजनीतिक क्षेत्र भ्रष्टचारबाट आक्रान्त भएको उनले जनाए।

‘राजनीति गर्ने त शुद्ध भएनन, विद्यार्थी प्राध्यापक पनि तीनै फोहोरीहरु सँग लुटुपुटु गर्न थाले,’ उनले भने।

निजी शैक्षिक संस्थाहरुको नियगमन र नियन्त्रण गर्न जरुरी रहेको उनले प्रष्ट पारे।

‘विद्यार्थी जस्ता छैनन, ठेक्कापट्टामा गएका छन्, निजी शैक्षिक संस्थालाई सम्बन्धन दिँदा चुपचाप बसेका छन्,’ उनले भने।

क्याम्पस र शैक्षिक संस्थाहरुमा राजनितिक भागबण्डा गरेर पदाधिकारी नियुक्ति हुने गरेकोमा उनले असन्तुष्टि जनाए।

सार्वजनिक शिक्षाको गुणस्तर सुधार नगरे अहिलेको पुस्ताले धोका पाउने उनले जनाए।

विश्वविद्याल यले निजी कलेजहरुलाई सम्बन्धन बाँड्ने गरेकोमा उनले असन्तुष्टि जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...