जाँड–रक्सी खाने पैसाले बीमा गर्नुहोस् :धुर्मुस–सुन्तली



हाम्रो इकोनोमि

 

सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार धुर्मुस–सुन्तली बझाङ चैनपुरमा आउने भनेपछि सदरमुकाम चैनपुर र कार्यक्रमस्थल खुल्लामञ्चमा मानिसहरुको बाक्लो भिडभाड थियो ।

एकाएक खुल्ला मञ्चको स्टेजमा हास्य कलाकार सि ताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले हास्य व्यंग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दर्शकहरुको तालीको गड्गडाहट सुनियो ।

बझाङ प्रवेश हुने जयपृथ्बी राजमार्ग साधुरो तथा खाल्डा–खुल्डी भएको अवस्था झल्काउँदै नेताहरुले सडक फराकिलो र सुधार नगरेको भन्दै व्यंग्य गर्नुभयो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषहरुलाई लक्षित गर्दै भनिन्, ‘रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।’

महिलाहरुलाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरिन ।पहिलो पटक बझाङमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकहरुलाई जाँड रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...