सरकारलाई ‘रामराम’ भन्ने बेला आएको छ : गगन थापा



 

कांग्रेसका युवा नेता गगन थापाले सरकारलाई ‘रामराम’ भन्ने बेला आएको भन्दै कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा कर्मचारी समायोजन अध्यादेश–२०७५ अस्वीकार गरियोस् भन्ने सूचना पढेर सुनाउँदै उनले सरकारले कर्मचारी समायोजन अध्यादेशका नाममा भएका संस्था  मारेर शान्ति र सृमद्धि ल्याउन उद्यत रहेको भन्दै सरकारलाई ‘रामराम’मात्रै भन्न सकिने बताएका हुन् ।

 

“समस्या अध्यादेश प्रस्तुत गर्ने तरिकमामात्र छैन, विषयवस्तुमा पनि छ । हो, कर्मचारी पठाएको ठाउँमै जानुपर्छ । पठाउने को  ? सरकार । तर, सरकारले ‘आई एम त स्टेट’ भनेको जस्तो गरिकन मनोमानी गर्न पाउँदैन,” उनले चेतावनी दिए ।
उनले कर्मचारी समायोजन ऐन–२०७४ एक वर्षसम्म कार्यान्वयन नगरी र अन्नतः खारेज गर्ने गरी अध्यादेश आएको भन्दै यो निजामती सेवा ऐन–२०५९को धारा ५८ प्रतिकूल रहेको ठहर गरेका हुन् ।

 

“निजामती सेवा ऐन–२०५९ को दफा ५८को निजामती कर्मचारीको सेवा सर्त बदल्दा कर्मचारीसँग लिखित रुपमा मञ्जुरी लिनुपर्छ । अहिले गर्न खोजिएको सेवा सर्त बदल्ने कुरा हो । अतः यो अध्यादेश मनोमानी, स्वेच्छाचारी र विभेदकारी ढंगले ल्याएको छ  । समान सर्त, सेवा भएका कर्मचारी कोही श्रेणीगत कोही तहगत कोही छन् । कोही तलैमात्र गएर बस्नुपर्ने बनाइएको छ । कोही माथि गएर बस्न पाउने छन्,” उनको ठहर छ ।

 

सांसद थापाले निजामती कर्मचारी आउने ठाउँ विशिष्ट प्रकृतिको रहेको सत्ता र सरकारसँग नजिक रहेर काम गर्नुपर्ने, सँगसँगै पूर्वाग्रहबाट प्रेरित भएर काम गर्ला भनेर रोक्नु पनि पर्ने भएकाले कस्ता कर्मचारी नियुक्त गर्ने भन्ने विषयमा बहस गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

गगन थापा यसरी बन्दैछन् नेपाली कांग्रेसको महामन्त्री

१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए ।

 

सिटौलाको सहयोगले रामचन्द्र पौडेल हारको कारण बन्दा देउवाले पहिलोपटक कांग्रेसमा कोइराला परिवारको विरासतलाई पल्ट्याए । त्यसपछि पनि पटक–पटक गरी सिटौलाले शेरबहादुर देउवासँग भातृसंगठन नेविसंघ, महिला संघ र तरुण दलमा बार्गेनिङ गरेर पदाधिकारी नै हात पारे । एकपछि अर्को गर्दै सिटौलाले भागबण्डामा शक्ति मात्र हत्याएनन् संस्थागत पकड पनि बढाउँदै लगे ।

 

महाधिवेशन नआउँदै फेरि सक्रिय

अब महाधिवेशन आगामी २ वर्ष ६ महिना पछि हुँदा पनि काँग्रेसमा सिटौलाले झन् बढी बार्गेनिङ गर्ने देखिएको छ । किनकी १४ औं महाधिवेशनमा पनि सिटौला नै निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेतामा देखिएका छन् । सिटौलासँग युवा नेताहरू गगन थापा र प्रदीप पौडेल अबको महाधिवेशनमा सबै भन्दा लोकप्रिय नेता बन्ने छन् ।

 

किनकी काँग्रेस वृत्त र बाहिर पनि यी नेता लोकप्रिय छन् । गगनले अघिल्लो पटकको महाधिवेशनमा महामन्त्रीमा ५ सय आसपासमा मत ल्याएर शशांक कोइरालासँग मात्रै होइन आफ्नो ससुरा अर्जुन नरसिंह केसीसँग पनि टक्कर गरेका थिए ।

 

यो पटक सिटौला झन् बलियो देखिएका छन् । सिटौला पक्ष अहिले देउवा र पौडेल दुवैको समदुरीमा छ । अर्थात् कतै पनि खुलेको छैन । यस्तोमा गगन र प्रदीप सँगै हुँदा देउवा र रामचन्द्र पौडेल वा यो गुटबाट जो नेता उम्मेदवार बने पनि सिटौलाले गगनलाई महामन्त्री बनाउँन बार्गेनिङ गर्ने पक्का छ । किनकी १३ औं महाधिवेशनमा जस्तो तेस्रो पक्षका रुपमा गगनलाई उठाएर अब भने हार्न नहुने सोच यो पक्षको छ ।

 

हार्ने गरी होइन जसरी हुन्छ जित्ने गरी गगनलाई महामन्त्री बनाउँने सोच यो पक्षको छ । विधानले दुई महामन्त्रीको व्यवस्था गर्दै दुवै निर्वाचित गर्ने प्रबन्ध गरेपछि पनि एउटा पक्षबाट गगनलाई महामन्त्रीमा जित्न गाह्रो पर्ने पनि देखिंदैन ।

 

फेरि पनि दुवै गुटलाई सिटौलाको साथ खाँचो रहेको प्रष्टै देखिन्छ । यो पक्षमा गगन थापा मात्रै लोकप्रिय छैनन् । युवा नेता प्रदीप पौडेल पौडेलले पनि केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।

 

यत्ति मात्र होइन सिटौलासँग उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधानसहितका केन्द्रीय सदस्य र प्रभावशाली नेता साथ छ । यी सबैलाई देखाएर गगनलाई महामन्त्री बनाउन र आफू पनि कुनै ठूलो पदमा निर्वाचित हुने दाउमा सिटौला छन् । निर्णायक पोजिसनमा हुँदा जुन गुटले राम्रो अफर गर्छन् त्यतै बार्गेनिङ गर्ने दाउमा सिटौला रहेको देखिन्छ ।

 

सुरु गरिसके अभियान

महाधिवेशन आउँन दुई वर्षभन्दा बढी बाँकी नहुँदैदेखि सिटौला पक्ष थप सक्रिय हुन थालेको छ । केही दिन अघि सभापतिसहित नेता पौडेल र पदाधिकारीहरुले सम्पादक, पत्रकारहरुसँग भेट गर्ने तय भएपछि सिटौलाले एक कदम अघि बढेर आफूले पहिले पत्रकारसँग बैठक नै गरे । अब कसरी जाने भनेर उनले पत्रकारसँग सुझावमात्रै लिएनन् । आफू अब सक्रिय हुँदै जाने संकेत पनि दिए ।

 

“यस्तो विशिष्ट क्षमता भएको ठाउँमा कस्तो मान्छे ल्याउने ?,” उनले प्रश्न गर्दै विभिन्न देशका उदाहरण दिए, “सिंगापुरको जस्तो व्यवस्था गर्ने कि जहाँ कक्षा ३ बाटै सरकारी कर्मचारीका लागि भनेर छुट्याइन्छ । डेनमार्कमा जस्तो न्यूनतम सेवा सुविधा दिएपछि बाँकी कुरा उसैको क्षमताले निर्धारण गर्ने बनाउने कि ? भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा कसरी पुर्‍याउने, थोरै कर्मचारीबाट धेरै सुविधा कसरी प्रवाह गर्ने ? राजनीतिक दलको झन्डा नबोक्ने कसरी बनाउने भन्ने बारेमा पर्याप्त छलफल गर्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि