पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप



हाम्रो इकोनोमि

 

 

ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो । पाथीभरा दर्शन केवलकार निर्माणको आज शिलान्यास गर्ने कार्यक्रम भएको थियो । प्रहरीका अनुसार निर्माणका लागि आवश्यक पर्ने इक्युपमेन्ट लैजान अवरोध भएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका थिए । मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित हुँदै आएका छन् । पहिचान पक्षधरहरुले पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै आएका छन् । यसैबीच ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा तीर्थयात्री जान सहज बनाउन केबलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको सुरुवाती विन्दु काफ्लेपाटीमा बिहान पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...