जापान उड्नु अघि रबिले लेखे यस्तो मार्मिक स्टाटस
नेपाल आइडल सिजन- २ का विजेता रबि ओड सोमबार वर्ल्ड टुर अन्तर्गत जापानमा अन्य ४ प्रतियोगीहरु (बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल) को साथ उडेका छन्।
गएको बुध बार मात्रै उनलाई मातृ शोक परेको थियो। आइडलको बिजेता बनेको १ साता पनि नबित्दै उनिमाथी ठुलो बज्रपात परेको थियो।
जापान उड्नु भन्दा पहिलो दिन अर्थात् पुष १५ गते उनि धनगढीबाट काठमाडौँ एक हुन्।
उनले जापान उड्नु अघि आफ्नो फेस बुक पेज मार्फत निकै मार्मिक स्टाटस सेयर गरेका छन्।
उनको स्टाटस जस्ताको तस्तै:“नेपाली साङ्गीतिक क्षेत्रमा केहि गरेर देखाउनु छ भन्ने अटुटका साथ आज फेरि काठमाण्डौ फर्किए ।
म प्रति दैबले जुन बज्रपात गरायो त्यस कठिन परिस्थितिसगँ लडेर केहि माथि उठ्नु नै जिन्दगीको सफलता हो भन्ने सबैबाट सान्त वना मिल्यो ।
मनमा केहि नयाँ लक्ष्यसगँ नेपाली साङ्गीतिक क्षेत्रप्रतिको मेरो कर्तव्य पुरा गर्छु र हजुरहरुलाई दिएको ती बाचाहरु पुरा गर्न फेरि म काठमाडौँ फर्केको छु ।
यस परिस्थितिमा हजुरहरु सम्पुर्ण साथ र सपोट मलाई एकदमै आवश्यक रहेको छ ।प्लिज सबैले माया गरिदिनुहोला ।हजुरहरुकै उहि रबि ओड”

