मुटुभरी आमाको याद बोकेर जापान जाँदै रवि



हाम्रो इकोनोमि

 

नेपाल आइडलको वर्ल्ड टुर आजबाट सुरु हुदै छ ।

वर्ल्ड टुरमा रहेका नेपाल आइडलका प्रतिस्पर्धी सहितको टोलि सोमबार जापान प्रस्थान गर्दै छ ।

वर्ल्ड टुरका लागि सबैजना काठमाडौं पुगिसकेकाछन्  ।

मातृ शोकमा परेका नेपाल आइडल रवि ओड पनि आफ्नो घर बाट आइतबार बेलुकी काठमाडौं पुगेका छन् ।

जापान टुरमा नेपाल आइडलका विजेता रवि लगायत फष्ट रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि जानेछन ।

दश दिने जापान टुरका लागि रवि, बिक्रम र सुमित भोली जापान प्रस्थान गर्ने नेपाल आइडल आयोजक एपिवान टिभीले जनाएको छ ।

वर्ल्ड टुरको विदेश भ्रमणको पुर्बयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि रवि धनगढीबाट आइतबार साँझ विमानमार्फत काठमाडौं फर्किएका थिए  ।

मातृ शोकको पीडामै रहेका नेपाल आइडल रवि “सिङगिङ् रियालिटी सो, नेपाल आइडल” को विदेश भ्रमणको पुर्बयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि धनगढीबाट आइतबार साँझ विमानमार्फत काठमाडौं फर्किएका हुन् ।

सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुंदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात रविकी आमाको करेन्ट लागेर निधन भएको थियो ।

जसले सबैलाई स्तब्ध बनाएको छ ।
अहिले पनि रविका शुभचिन्तकहरु उनलाई सम्हालीन ढाडस दिदै सहनाभुती दिइरहेका छन ।

नेपाल आइडल बनेपछि खुसियाली साट्न र केहि सम्मान कार्यक्रममा सहभागी हुन् आफ्नो गृह क्षेत्र पुगेका बेला आमा बिश्ना ओडको करेन्ट लगेर ज्यान गएपछि स परिवार शोकाकुल बनेको थियो ।

नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...