उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस



हाम्रो इकोनोमि

 

आज (सोमबार) काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको पाइएको हो ।

तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ ।

मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् ।

उनले भने, ‘हिउँद महिना चिसो हुनु प्राकृतिक कारण नै हो’, श्रेष्ठले भने, ‘तर देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार छ ।’

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...