सिगार र रक्सीले धेरै बाँचेकाे बताउने विश्वयुद्धका ‘वृद्ध योद्धा’को ११२ वर्षको उमेरमा निधन



हाम्रो इकोनोमि

 

दोस्रो विश्वयुद्धका सबैभन्दा वृद्ध योद्धाका नामले चर्चामा रहेका रिचर्ड ओवर्टनको निधन भएको छ ।

अमेरिकाका सबैभन्दा वृद्ध व्यक्तिको कीर्तिमान समेत बनाएका आवर्टको ११२ वर्षको उमेरमा निधन भएको हो ।

यही २७ डिसेम्बरमा उनकाे अमेरिकाकाे टेक्सासस्थित अस्टिन शहरमा मृत्यु भएकाे जनाइएकाे छ ।

सन् २०१३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा सम्मानित भएका ओवर्टनले दोस्रो विश्वयुद्धका दौरान काला सैनिक मात्र रहेको मोर्चाको नेतृत्व गरेका थिए ।

उनले विश्वयुद्धका बेला प्रशान्त क्षेत्रमा युद्ध सञ्चालन एवं समुन्द्र तटमा ल्याण्डिङ गराउनेजस्ता अभियानमा रही काम गरेका थिए ।

उनको जन्म सन् १९०६ मा भएको थियो ।

आफू १८ वर्षको हुँदादेखि नै सिगार पिउँदै आएको बताउने उनी पछिल्ला दिनमा समेत दिनको १२ वटा सिगार पिउथे ।

आफू धेरै बाँच्नुमा उनी सिगार र रक्सीको समेत भूमिका रहेको गर्वसाथ बताउथे ।

ओवर्टनले सन् १८८७ औं इन्जिनियर एभिएशन बटालियनबाट आफू सैन्य सेवामा लागेका थिए ।

त्यतिबेला उनको उमेर ३० वर्षको थियो ।

तर सन् १९४१ मा जापानको पर्ल हार्बरमा आक्रमण भएपछि भने उनी यो पदमा धेरै समयसम्म रहन सकेनन् ।

उनले ती युद्धकालीन समय सम्झँदै एक अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘हामी त्यहाँ भेटियौं जहाँ हाम्रो टाउकोमाथि गोलीको वर्षा भइरहेको थियो ।’

आफ्नो जीवनको धेरैजसो समय अस्टिनमा बिताएका उनले गत वर्ष १११ औं जन्मदिन मनाएका थिए ।

उनले ७० वर्ष बढी समय बिताएका अस्टिन सिटी काउन्सिल स्ट्रिटको नाम नै परिवर्तन गरेर हाल रिचर्ड ओवर्टन एवेन्यू राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...