नेपाली विद्यार्थीको मृत्युको कारण खुल्यो, अष्ट्रेलियन नागरिकको नजरमा ‘हिरो’ बनेर अस्ताए उनी



हाम्रो इकोनोमि

 

अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्युको कारण खुलेको छ ।

अनुसन्धान अनुसार, आफूले रेखदेख गर्दै आएको बालकलाई बचाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

सेभेन न्युजसंगको कुराकानीमा बालकको परिवारले आफ्नो बच्चाको जीवन रक्षाको लागि जीवन बलि दिएका निश्चल आफूहरुको लागि हिरो रहेको बताएका छन् ।

उनीहरुले निश्चल सधै एक असल व्यक्ति रहेको तथा आफूहरुले अत्यन्तै माया गर्ने गरेको र सधै उनलाई याद गरिरहने बताएका छन् ।

२२ वर्षीय निश्चल बिहिबार बेलुका ४ बजे देखि हराइरहेका थिए ।

ग्लेनेल्ज समुद्री किनारबाट हराएका उनको सकुशल उद्धारको लागि प्रहरी खटिएको थियो ।

तर, शुक्रबार साँझ ७:३० बजे बोट र्याम्पमा उनको शव भेटिएको थियो । परिवारका कान्छा छोरा निश्चल तीन वर्ष अघि अष्ट्रेलिया आएका थिए ।

निश्चल एडिलेडस्थित क्लेयरेन्स पार्कमा बसोबास गर्दै आएका थिए ।

नर्सिङ्ग पेशामा आबद्ध उनले १० वर्षीय बोल्न नसक्ने एक बालकको हेरचाह गर्दै आएका थिए ।

बिहिबार पनि उनी बालकलाई लिएर समुद्री किनारमा पुगेका थिए ।

हराउँदा निश्चलको कार, पर्स र लुगा र मोबाइल समुद्र तटमै समुद्री किनारमा थियो भने बालक अत्तालिंदै एक घरको ढोका ढक्ढकाउन पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...