मोदीको सुरक्षामा खटिएका प्रहरीलाई स्थानीयले ढुंगा हानेर मारिदिए



हाम्रो इकोनोमि

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सभालाई सुरक्षा दिन गएका एक प्रहरी अधिकारीकाे मृत्यु भएकाे छ ।

स्थानीय प्रदर्शनकारीले ए प्रहार गर्दा माेदीकाे सभालाई सुरक्षा दिन गएका प्रहरी सुरेश वत्सकाे मृत्यु भएको हाे ।

हिन्दी बीबीसीका अनुसार गाजीपुर प्रहरीका अनुसार प्रहरी सुरेश प्रधानमन्त्रीको सभामा सुरक्षा दिएर शनिबार बेलुका फर्किदै थिए ।

स्थानीय निषाद समुदायका केही व्यक्तिहरुले प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेको थिए ।

त्यहीबाेला स्थानीयले प्रहार गरेकाे ढुंगा लागेर प्रहरी सुरेशलाई चाेट लागेकाे थियाे ।

घटनामा अन्य दुई जना प्रहरी पनि गम्भीर घाइते भएका छन् ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मोदी शनिबार उत्तरप्रदेशको गाजीपुरमा एक सभालाई सम्बोधन गर्न गएका थिए ।

निषाद समुदायले आरक्षणको माग गर्दै प्रधानमन्त्री आएको बेलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि प्रहरीहरु जाम खुलाउने प्रयासमा रहेका थिए ।

त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...