माटोबिनै यसरी फल्छ तरकारी



हाम्रो इकोनोमि

 

बुटवल : खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत। जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ।

 

रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन्। उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन्। आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन्। यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन्। माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ।

 

पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए। त्यहाँ उनले १० वर्ष बिताए। होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए। त्यहीं उनले माटोविहीन तरकारी खेती देखे।

 

नेपाल फर्केपछि त्यही तरिकाले खेती गर्ने निर्णय गरे। र, काममा लागे। यो प्रविधिमा बिरुवाको फेदमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। यसलाई कोकोपिट पनि भनिन्छ। जटालाई पिसेर धुलो बनाइन्छ र गमलामा राखिन्छ।

सार्न मिल्ने भएको बिरुवा त्यसैमा रोपिन्छ। जटाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो। गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पु¥याइन्छ। पोषक तत्वले बाली फस्टाउँछ र फल दिन्छ।

 

यसरी खेती गर्न ग्रिन हाउस चाहिन्छ। विषादी पनि हालिँदैन। ‘बाहिरको हावापानी आवश्यक हँुदैन। गर्मी भए सेडभित्र जडित पंखा आफैं चल्छ, चिसो भए बन्द हुन्छ’, पौडेलले भने। यो तरिकाबाट फलेको तरकारीको आकार भने माटोमा उत्पादन भएजस्तो ठूलो हुँदैन।

 

अढाई सय ग्रामसम्मको फल उत्पादन हुन्छ। श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि विकास अधिकृत रामबहादुर खत्री बताउँछन्। कम जग्गामा पनि हाइड्रोपोलिक प्रविधिबाट तरकारी खेती गर्न सकिने उनले बताए। ‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ’, उनले भने, ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ।’

 

पौडेलले यो प्रविधिको फर्ममा एक करोड लगानी गरेका छन्। साझेदारीमा सुरु भएको फर्मले पहिलो सिजनको उत्पादन दिइसकेको छ। एक बिघा क्षेत्रफलमा खेती गरिएको छ। काँक्रो, गोलभेडा, करेला, साग लगायतका तरकारी फलाइयो। उनले उत्पादन ठूला होटलमा बिक्री गर्ने योजना बनाएका छन्।

 

सलादका रूपमा यी उपज बढी बिक्री हुने उनको विश्वास छ। बुटवल मण्डपमा जस्तै उनले विष्णुपूरामा पनि दैनिक सरदर ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन्।

अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...