कहाँ पाइन्छ विश्वकै दुर्लभ मानिने कालो स्याउ ?



हाम्रो इकोनोमि

अंगुर हरियो पनि हुन्छ र कालो पनि हुन्छ । तर कहिल्यै तपाइँले कालो स्याउ देख्नुभएको छ ? हामी सबैले रातो स्याउ त खाएका छाैं तर कालो स्याउको बारे धेरैलाई थाहा नहुन पनि सक्छ ।

 

वास्तवमा कालो स्याउ पूरै कालो नभई गाढा बैजनी रङको हुन्छ । पहिलोपटक हेर्ने मानिसले भने यसलाई कालो नै देख्छन् । यस किसिमको स्याउ निकै दुर्लभ हुन्छ र निकै कम मात्र पाइन्छ । यसलाई ब्ल्याक डाइमण्ड भनिन्छ ।

 

भुटानको पहाडमा पाइने यो फललाई स्थानीय भाषामा हुआ नियु’ भनिन्छ । चिनियाँ कम्पनी दडोंग टिआलुओले शेङनेङ ई–कमर्स ट्रेडले ५० हेक्टरको जमिनमा यसको खेती गर्दै आएको छ ।

 

यो फल किलो नभई प्रतिगोटाको हिसाबमा बिक्री हुन्छ, जसको मूल्य ५० युआन रहेको छ । यो स्याउको रङ कालो हुनुको पछाडि भुटानको यो क्षेत्रको भौगोलिक स्थिति रहेको छ । यो स्याउ कालो हुनुको प्रमुख कारण दिन र रातको बीचमा हुने गरेको तापमानको अन्तर रहेको छ । तीव्र सूर्यको प्रकाश र पराबंजनी प्रकाश स्याउको रङ गाढा रातोबाट बैजनी रङमा परिवर्तन गरिदिन्छ ।

 

यस किसिमको स्याउको उत्पादन निकै सीमित हुने गरेको छ । सामान्यतः स्याउको बोट ठुलो हुन ४ देखि ५ वर्ष लाग्ने गर्छ तर कालो स्याउको रुख ठुलो हुन ८ वर्षको समय लाग्छ । निकै कम मात्र उत्पादन हुने भएकोले यसको निर्यात निकै कम मात्र हुने गरेको छ । जसको कारण धेरै मानिसहरुलाई कालो स्याउको बारेमा थाहा हुँदैन ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...