कहाँ पाइन्छ विश्वकै दुर्लभ मानिने कालो स्याउ ?



हाम्रो इकोनोमि

अंगुर हरियो पनि हुन्छ र कालो पनि हुन्छ । तर कहिल्यै तपाइँले कालो स्याउ देख्नुभएको छ ? हामी सबैले रातो स्याउ त खाएका छाैं तर कालो स्याउको बारे धेरैलाई थाहा नहुन पनि सक्छ ।

 

वास्तवमा कालो स्याउ पूरै कालो नभई गाढा बैजनी रङको हुन्छ । पहिलोपटक हेर्ने मानिसले भने यसलाई कालो नै देख्छन् । यस किसिमको स्याउ निकै दुर्लभ हुन्छ र निकै कम मात्र पाइन्छ । यसलाई ब्ल्याक डाइमण्ड भनिन्छ ।

 

भुटानको पहाडमा पाइने यो फललाई स्थानीय भाषामा हुआ नियु’ भनिन्छ । चिनियाँ कम्पनी दडोंग टिआलुओले शेङनेङ ई–कमर्स ट्रेडले ५० हेक्टरको जमिनमा यसको खेती गर्दै आएको छ ।

 

यो फल किलो नभई प्रतिगोटाको हिसाबमा बिक्री हुन्छ, जसको मूल्य ५० युआन रहेको छ । यो स्याउको रङ कालो हुनुको पछाडि भुटानको यो क्षेत्रको भौगोलिक स्थिति रहेको छ । यो स्याउ कालो हुनुको प्रमुख कारण दिन र रातको बीचमा हुने गरेको तापमानको अन्तर रहेको छ । तीव्र सूर्यको प्रकाश र पराबंजनी प्रकाश स्याउको रङ गाढा रातोबाट बैजनी रङमा परिवर्तन गरिदिन्छ ।

 

यस किसिमको स्याउको उत्पादन निकै सीमित हुने गरेको छ । सामान्यतः स्याउको बोट ठुलो हुन ४ देखि ५ वर्ष लाग्ने गर्छ तर कालो स्याउको रुख ठुलो हुन ८ वर्षको समय लाग्छ । निकै कम मात्र उत्पादन हुने भएकोले यसको निर्यात निकै कम मात्र हुने गरेको छ । जसको कारण धेरै मानिसहरुलाई कालो स्याउको बारेमा थाहा हुँदैन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...