ट्रकको ठक्करले चितवनमा पत्रकार प्रवीण पौडेलको मृत्यु



हाम्रो इकोनोमि

 

पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

 

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो एक बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेलले एपी वान टेलिभिजनका क्यामरा पर्सन रुपमा काम गर्दै आएका थिए ।

 

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

साइकलयात्रीको मृत्यु

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट शुक्रबार विहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । भरतपुरको वाइपास रोडमा ट्रकले ठक्कर दिदा मृत्यु हुने बारा गढिमाई नगरपालिका ३ मजुरीका १८ बर्षका श्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

तनहुँको आबुखैरेनीबाट बीरगञ्ज जाँदै गरेको ना ७ ख १३९४ नम्बरको ट्रकले भरतपुर बाइपास सडकको मालपोत चोक नजिकै भित्री सडकबाट निस्किएको साइकललाई ठक्कर दिएको थियो ।

 

ट्रकको ठक्करबाट घाइते भएका चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी भरतपुर १० हाकिमचोकमा रहेको एक फर्निचर उद्योगमा काम गर्दै आइरहेका थिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...