परिवारलाई सुखी राख्ने सपना बोकेर मलेसिया पुगेका दुई नेपालीको मृत्यु



हाम्रो इकोनोमि

 

मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ ।रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासाय निक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खस्नुभएको थियो ।

 

यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस हुनुभएको थियो । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्प नीमा कार्यरत हिरालाल तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।

 

अहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् । उता ‘पाथीभरा दर्शन’ । त्यसमुन्तिर ‘आइ लभ नेपाल’ लेखिएको स्टिकर टाँसिएको छ ।

 

मेची राजमार्गमा चल्ने प्रायःजसो यात्रु वाहक र मालवाहक मोटरमा लेखिने यी दुई शब्द साउदी अरेबियाको सडकमा गुड्ने एसडिए ८०१० नम्बरको लरीमा लेखिएको/टाँसिएको छ । यी शब्द गाडीको अगाडिको भागमा लेख्ने आइडिया हो, सात समुन्द्र पारी मरुभूमीमा गाडी चलाउने पेसामा लागेका तेह्र थुमको आठराई गाउँपालिका ३ का ३३ वर्षे रामकुमार ल्वागुनको ।

 

यस्ता स्टिकर मरुभूमिका गल्लीमा हप्ता दिनमा लाग्ने बजारमा पाइन्छन् । रामकुमारले त्यही बजारमा किनेर स्टिकर टाँस्नुभएको हो । पाथीभरा दर्शन चाहिँ आफैंले मेहनत गरेर लेखेको । १४ चक्के लरीको स्टेरिङ सम्हाल्ने जिम्मा पाएका छन् उनै रामकुमारले । लरी भरी आलुको भारी बोकेर साउदीको चिल्ला सडकमा हुँइकिन थालेको १९ महिना भयो ।

 

श्रीमती, एक छोरी र आफन्तलाई गाउँमै छाडेर साउदी पुगेका रामकुमारको धेरैजसो समय एक्लै बित्छ । त्यो पनि आफूले चलाउने गाडीमै । कुन ठाउँमा रात बिताउनु पर्ने हो ठेगान हुँदैन । महिनौं लेवर क्याम्प बाहिर बस्नुपर्छ ।

 

मरुभूमीमा फलेका आलु लरीमा राखेर रामकुमारले साउदीका कुनाकाप्चासम्म पुर्‍याउनु पर्छ । उसो त साउदी भन्दा बाहिर यमन र कतारमा पनि आलु लिएर जानुपर्थ्याे । तर अहिले यमनमा सुरक्षा अवस्था राम्रो छैन । कतारसित साउदीले कुटनीतिक सम्बन्ध तोडे को छ । त्यसैले हिजोआज त्यहाँ सामान पुर्‍याउन ती देशमा जानुपर्दैन ।

 

रामकुमारले साउदीमा काम गर्न थालेको ७ वर्ष पुग्न लाग्यो । मलेसिया समेत जोड्ने हो भने जीवनको उर्वर समय विदेशमा बिताएको १० वर्ष हुन लागे । लेवरको भिसामा साउदीको अल रसिद कम्पनीमा पुगेका उहाँले ५ वर्ष लेवरकै काम गर्नुभयो ।

 

लेवरको कामबाट ‘फिनिस’ फर्केपछि उहाँ साउदीकै लेहा ट्रान्सपोर्टेसन कम्पनीमा हेभी ड्राइभरको काममा जानुभएको हो । लेहा ट्रान्सपोर्टेसनमा ३५ जना नेपाली ड्राइभरले स्टेरिङ सम्हाल्छन् ।

 

३५ नेपालीसहित भारत, पाकिस्तान, श्रीलंकाका गरी पाँच सय ड्राइभर छन् त्यो कम्पनीमा रियादको हायलमा रहेको मजरामा आलुका बोरा लोड गर्दै गर्दा आफूले चलाउने गाडीको फोटो रामकुमारले फेसबुकमा अपलोड गर्नुभयो । रामकुमारले गाडीमा किन यी लाइन लेखे ? आइ लभ नेपाल लेखिएको स्टिकर किन टाँसे ?मरुभूमिको सडकमा गाडी छेउ लगाएर भात पकाएर खानुपर्छ ।

 

सुत्ने बस्ने व्यवस्था गाडीमा नै छ । गाउँघरको सम्झना र आफ्नो भगवान मात्रै रामकुमारका साथै हुन्छन् । रियादको हालयदेखि जेद्धासम्म ११ सय किलोमिटर सडक छिचोलेर फेरि रियाद नै आइपुगेका रामकुमारले फेसबुक म्यासेन्जरमा जवाफ दिनुभयो, ‘विश्वासले ।

 

देवीदेउता सम्झँदा रक्षा होला भन्ठानेर ।’ हुन पनि श्रीमती, एक छोरी र आफन्तलाई गाउँमै छाडेर साउदी पुगेका रामकुमारको धेरैजसो समय एक्लै बित्छ । त्यो पनि आफूले चलाउने गाडीमै । कुन ठाउँमा रात बिताउनु पर्ने हो ठेगान हुँदैन । महिनौं लेवर क्या म्प बाहिर बस्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...