काँग्रेसका को–को हुन् गृहजिल्ला नजाने नेता ?



हाम्रो इकोनोमि

 

काँग्रेसका ८३ केन्द्रीय सदस्यमध्ये केही केन्द्रीय सदस्यहरु राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि जिल्ला नजाने भएका छन् ।

पार्टीले बिहीबार जारी गरेको सूचीमा केन्द्रीय समितिका नौ जना नेताहरुको नाम नभएकाले उनीहरु यही कार्यक्रमका लागि गृहजिल्ला नजाने भएका हुन् ।

नेपाली काङ्ग्रेसले पुस १६ गते मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको छ ।

विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काँग्रेससले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई प्रभावकारी बनाउन काँग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएपनि केही नेताहरु विभिन्न कारणले जिल्लागत कार्यक्रममा जान नसक्ने भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश पंगेनीले जानकारी दिए ।

पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र प्रवक्ता नै जिल्ला नजाने सूचीमा छन् ।

मनोनित महाममन्त्री पूर्ण बहादुर खड्का आफ्नी आमाको निधनपछि वर्षभरी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने निर्णय अनुसार नजाने भएका हुन् ।

उपभापति विजयकुमार गच्छदार, निर्वाचित महामन्त्री डा शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि जिल्लामा खटाइएको छैन ।

त्यसैगरी केवि गुरुङ र नरहरी आचार्य आफै विरामी भएकाले जान सक्ने अवस्थामा छैनन् । नेता चिनकाजी श्रेष्ठ, प्रदीप गिरि र राधेशचन्द्र यादव पनि जिल्ला नजाने सूचीमा छन् ।

काँग्रेसको अहिलेको विधानमा ८५ केन्द्रीय सदस्य रहने व्यवस्था भएपनि विधान भन्दा बाहिरबाट विजयकुमार गच्छेदार थपिएको र खुमबहादुर खड्काको निधन भएकाले ८३ जना केन्द्रीयसदस्य मात्रै छन् ।

खड्काको ठाँउबाहेक अर्का एक जना मनोनयन गर्न बाँकी छ । त्यसैगरी दश जना आमन्त्रित केन्द्रीय सदस्य हुनुपर्नेमा एक जना पनि मनोनयन गरिएको छैन ।

अहिले जिल्ला खटाइएका केन्द्रीय सदस्यहरुको सूचीमा तीन जना आमन्त्रीत केन्द्रीय सदस्य पनि रहेका छन् ।

तराईका नेतालाई पहाडी तथा हिमाली क्षेत्रमा र हिमाली तथा पहाडी क्षेत्रका नेतालाई तराई क्षेत्रमा खटाइएको छ भने सांसदहरुलाई काठमाडौँदेखि टाढाका जिल्ला तोकिएको छ ।

पदाधिकारीहरुले तयार पारेको जिल्ला खटाउने सूचीमा महिलाहरुलाई पनि सुगम जिल्लाहरुमा खटाइएको छ ।

खटाइएका नेताहरु आजैदेखि तोकिएका जिल्लाहरुमा जान लागेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...