बुहारीलाई काखा, छोरालाई पाखा : ज्ञानेन्द्र पुगेको ठाउँमा किन जसरी पनि पुग्छिन् हिमानी



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाह पुगेको ठाउँमा ढिलो होस् अथवा चाँडो पूर्वयुवराज्ञी हिमानी पुग्दै आएकी छिन्।

पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ वर्ष मनाउनको लागि पोखरा पुगेको बेला पूर्वयुवराज्ञी हिमानी पनि मंगलबार पोखरा पुगेकी छिन्।

अंग्रेजी नयाँ बर्ष मनाउनका लागि छोराछोरी लिएर हिमानी पोखरा पुगेकी हुन् ।

पौस २ गतेनै पोखरा पुगेका ज्ञानेन्द्र बुहारी र नातीनातिना लिनका लागि पोखरा विमानस्थलमा आफैं पुगे।

ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमलसहित पोखरा पुगेको भएता पनि परिवारका अन्य सदस्य भने निर्मल निवासमा नै थिए ।

पूर्वराजा ज्ञानेन्द्र पुगेको ठाउँमा लगभग अनिवार्यनै हिमानी पुग्ने गेरकी छिन्। यस पटक पनि हिमानी ससुरा पुगेको ठाउँमा ढिलाई भए पनि पुगिन्।

ज्ञानेन्द्र पुगेको ठाउँमा प्राय पुग्ने हिमानीले ससुरासँगै थाइल्यान्ड, माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण समेत गरिसकेकी छिन्।

ज्ञानेन्द्रले देश भित्र गर्ने भ्रमणहरुमा पनि हिमानी लगभग सँगै हुने गर्छिन्।

यसको पछाडी के कारण होला ? भन्ने प्रश्न पनि उठ्न सक्छ।

ज्ञानेन्द्रसँगै हिमानी हुनुलाई धेरैले बुहारीलाई उत्तराधिकारीका रुपमा सारिएको भन्दै पनि विश्लेषण गर्दै आएका छन्।

राजपरिवारमा आफ्नो उत्तराधिकारीको विशेष महत्व हुनेभएता पनि ज्ञानेन्द्रले पुत्र पारसलाई नभई बुहारीलाई उत्तराधिकारीको रुपमा अगाडी सार्न खोजेको पनि हुन सक्छ।

केही समय अगाडी सम्म थाइल्यान्ड बसेर बबण्डर मचाउँदै आएका पारससँग ज्ञानेन्द्र रिसाएको एक श्रोतको दावी छ।

जस कारणले गर्दानै ज्ञानेन्द्र हिमानीलाई निर्मलनिवासको उत्तराधिकारीका रूपमा हेरिरहेका छन्।

जसको कारण ज्ञानेन्द्र बुहारी हिमानीलाई हरेक योजनामा सहभागी गराउने गर्छन्।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...