बिग बासमा सर्वाधिक विकेट लिने खेलाडी बने सन्दीप



हाम्रो इकोनोमि

 

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बासमा मेलबर्न स्टार्सबाट लगातार तेस्रो खेलमा आफ्नो प्रभाव कायम राख्ने क्रममा बिहीबार सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका छन् । यससँगै उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

 

उनले सिक्सर्सविरुद्धको तेस्रा ओभरको अन्तिम बलमा टोम कुुरानलाई पवेलियन फर्काएका हुुन् । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर २ विकेट लिएका छन् । पहिलो ओभरमा ४ रन खर्चेका उनले दोस्रो ओभरमा पनि ४ रनमात्रै खर्चेर एक विकेट लिएका थिए भने तेस्रो ओभरमा ३ रन खर्चेर एक विकेट लिए ।

 

योसँगै सन्दीपको बिग बास लिगमा विकेट संख्या ७ पुुगेको छ भने ७१ रन खर्चिएका छन् । त्यस्तै ड्यानीयल साम र जासन बेरेन्डफले समान ६–६ विकेट लिएका छन् ।
त्यसैगरी, विश्व चर्चित स्पिनर अफगानिस्तानका राशिद खानले ५ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...